ghar sansar

कञ्चनपुरमा तीन पूर्व मन्त्री निर्वाचित, अर्का पराजित

महेन्द्रनगर । कञ्चनपुरमा प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्रीले बाजी मारेका छन् । प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमध्ये दुईमा नेपाली काँग्रेस र एक निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभामा नेपाली काँग्रेसका नारायणप्रकाश साउद र निर्वाचन क्षेत्र नं ३ मा काँग्रेसकै रमेश लेखक विजयी भए। निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका तारा लामा तामाङ विजयी भए।

lotus institite

साउद र लेखक पूर्वमन्त्री हुन्। तामाङ सुदूरपश्चिम सरकारका पूर्वमन्त्री हुन् । उनले एमालेको पूर्व जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन्। साउद २८,१००, लेखक ३०,५२३ र तामाङ २४,८९२ मत ल्याई विजयी भएका छन् ।

पूर्वमन्त्री साउदले नेकपा(एमाले)का नरबहादुर धामीलाई ६,४७६ मतान्तरले पराजित गरे। धामीले २१,६४५ मत ल्याए । यसैगरी पूर्वमन्त्री लेखकले नेकपा (एमाले)की निरु पाललाई १२,०७५ मतान्तरले हराए। पालले १८,४४८ मत ल्याइन् । नेकपा(एमाले)का तामाङले नेकपा (माओवादी केन्द्र) की विना मगरलाई ५,५४६ मतले पराजित गरे। पूर्वमन्त्री र निवर्तमान सांसद मगरले १९,११० मत ल्याइन् ।

daimond public

प्रदेशसभातर्फ नेपाली काँग्रेसका तीन, नेकपा एमालेका एक र नेकपा माओवादी केन्द्रका एकजना विजयी भएका छन् । निर्वाचन क्षेत्र नं १ (क) मा नेकपा एमालेका वीरबहादुर थापा(पातल) १२,३५१ मत ल्याएर विजयी भए ।

थापा नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष हुन्। उनले नेपाली काँग्रेसका बन्धु रानालाई १,३४५ मत अन्तरले पराजित गरे। रानाले ११,००६ मत ल्याए ।

निर्वाचन क्षेत्र नं १(ख) मा नेपाली काँग्रेसका दिवानसिंह बिष्ट ८,५२० मत ल्याएर विजयी भए। उनले नेकपा(एमाले)का जिल्ला सचिव पल्लवराज भट्टलाई ९१७ मतले पराजित गरे। भट्टले ७,६०३ मत पाए ।

निर्वाचन क्षेत्र नं २(क) मा नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट १०,९२५ मत ल्याई विजयी भए। उनले नेकपा(एमाले)का बच्चनबहादुर सिंहलाई ४७५ मतान्तरले पराजित गरे। सिंहले १०,४५० मत मत पाए ।

निर्वाचन क्षेत्र नं २(ख) मा नेपाली काँग्रेसका बहादुरसिंह थापा १०,६६८ मत ल्याई विजयी भए। उनले नेकपा(एमाले)का कृपाराम रानालाई १,७२६ मत अन्तरले हराए। रानाले ८,९४२ मत ल्याएका छन्। थापा र राना संविधानसभाका पूर्वसदस्य हुन ।

निर्वाचन क्षेत्र नं ३(ख) मा नेकपा(एकीकृत समाजवादी) का प्रकाश रावल ८,७१८ मत ल्याई विजयी भए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीलाई १,८६० मतको अन्तरले पराजित गरे। रावल सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री हुन् ।

Himal dental
सम्बन्धित
Loading...