ghar sansar

सुदूरपश्चिममा चुनाव लडेका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा माओवादी केन्द्र पराजित

महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन् । सत्ता गठबन्धनका काँग्रेस र एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सुदूरपश्चिमका चार निर्वाचन क्षेत्रमा चुनाव लडेको थियो । ती सबै निर्वाचन क्षेत्रमा माओवादी पराजित भएको छ ।

mahostaw

कञ्चनपुर १ मा माओवादी केन्द्रका पूर्व मन्त्री मन्त्री विना मगर पराजित भएकी छन् । एमाले कञ्चनपुरका पूर्व जिल्ला अध्यक्ष तारालामा तामाङ्गले मगरलाई हराएका छन् । अघिल्लो निर्वाचनमा उनी फराकिलो मत अन्तरले साँसदमा निर्वाचित भएकी थिइन् ।

तामाङले मगरलाई ४९११ मत अन्तरले पराजित गरेका छन् । उनले २०९६९ मत प्राप्त गर्दा मगरले १६०५८ मत प्राप्त गरेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भएका छन् । चौधरी २१ हजार ८७१ मत सहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट बहादुर रावलले १६ हजार १२८ मत पाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भगत बहादुर बडुवालले भने १५ हजार ११६ मत मात्रै पाए । यहाँ जम्मा ६० हजार ३७४ मत खसेको थियो। जसमा ३ हजार ६६४ मत बदर भएका छन् । बडुवाल यस अघि २६४ को संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

बैतडीमा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुँबर एमालेका दामोदर भण्डारीसित पराजित भएका छन् । उनले कुवँरलाई १ हजार ५३१ मतले पराजित गरेका छन् । भण्डारीले ३३ हजार ६११ मत प्राप्त गर्दा कुवँर ३२ हजार ८० मत ल्याएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका सबै उम्मेदवार विजयी भएका छन् । यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका कृष्णराज चौधरीलाई पराजित गरेका छन् ।

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी चुनाव लडेका सबै क्षेत्रमा निर्वाचित भएका छन् । अछाम २ मा शेर बहादुर कुँबर, बझाङ्ग भानुभक्त जोशी र डोटीमा प्रेम बहादुर आले प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...