
महेन्द्रनगर । कञ्चनपुरमा सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाका ६ सीट जितेको छ । प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार सीटमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनमा सबैभन्दा बढी काँग्रेसका उम्मेदवार जितेका छन् । माओवादी केन्द्रले सबैभन्दा कम प्रदेश सभामा एक सीट जितेको छ । काँग्रेसले चुनाव लडेका प्रतिनिधि सभाका सबैका सीट जितेको छ । माओवादी केन्द्र कञ्चनपुर १ मा पराजित भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेका तारालामा तामाङ तथा २ र ३ मा कांग्रेसका क्रमशः एनपी साउद र रमेश लेखक निर्वाचित भएका छन् । तामाङ सुदूरपश्चिम प्रदेशमा पूर्वअर्थमन्त्री, साउद संघका पूर्वसिंचाईमन्त्री र लेखक संघकै पूर्वभौतिकमन्त्री भइसकेका नेता हुन्। लेखक र साउद ०५६, ०७० मा निर्वाचित भएका थिए। लेखक ०६४ मा समानुपातिकमा पर्दा साउद ०६४ र ०७४ मा पराजित भएका थिए ।
प्रतिनिधिसभा १ को प्रदेश सभा (क)मा एमाले कञ्चनपुरका पूर्वअध्यक्ष वीर बहादुर थापा (पातल) र (ख)मा संविधानसभा सदस्य दिवान सिंह विष्ट, २ (क)मा ओमविक्रम भाट(सरल), २ (ख)मा संविधान सभा सदस्य बहादुर सिंह थापा तथा ३ (क)मा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मन्त्री प्रकाश रावल र ३ (ख)मा कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
पहिलोपटक चुनाव लडेका र सबैभन्दा कम उमेर ३५ वर्षमै ओमविक्रम भाट प्रदेश सभा सदस्य बनेका छन्। बेलबहादुर रानाले यसअघि प्रदेश सभा सदस्य र वीरबहादुर थापा पुनर्वास नगरमा पराजित भएका थिए ।
थापा र विष्ट यसअघि नै ०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए। थापा अघिल्लो निर्वाचनमा प्रदेश तथा विष्ट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए। प्रदेश सभा सदस्यमा प्रकाश रावल दोस्रोपटक निर्वाचित भएका हुन् ।
अघिल्लो निर्वाचनमा वाम गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएका थिए । यस पटक सत्ता गठबन्धनका तीन उम्मेदवार पराजित भएका छन् ।
