ghar sansar

एमाले केन्द्रीय सदस्य धामी भन्छन्– जितेर संसदमा जान पाएनौ, अब सडकबाटै जनताका मुद्दा उठाउँछौ

महेन्द्रनगर । एमाले केन्द्रीय सदस्य नर बहादुर धामीले चुनाव जितेर संसदमा जान नपाए पनि जनताका मुद्दालाई सडकमा गएर उठाउने बताएका छन् । उनले सडकमा गएर जनताको मुद्दाका लागि संघर्ष गरिने उल्लेख गरे ।

‘अब जनताको मुद्दा सडकमा उठाउँछौ, अहिले सडकमा जनताको मुद्दा उठाउने कोही छैन’ प्रेस चौतारी नेपाल कञ्चनपुरले आइतबार झलारीमा गरेको पत्रकार सम्मेलनमा उनले भने,‘अब सडक संघर्षलाई जोडतोडका साथ अघि बढाउँछौ ।’

mahostaw

धामी कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन् । अघिल्लो निर्वाचन जितेका उनले मौन अवधिसम्म एमालेको पक्षमा माहौल भए पनि त्यसपछि आर्थिक चलखेलका कारण बिग्रिएको बताए ।

‘२ गतेसम्म एकदम राम्रो थियो, हामी चुनाव जित्नेमा ढुक्क थियौ, त्यसपछि २÷३ दिनमा मतदातालाई आर्थिक प्रलोभनमा पारियो’ उनले भने,‘मतदातालाई आर्थिक प्रभावमा पार्ने कार्य रोक्न सकिएन ।’

सत्ता गठबन्धनले मौन अवधिमा १५ हजार बढी मतदातालाई पाँच हजारका दरले रकम बाँडेर प्रभावित पारेको धामीले बताए । आर्थिक प्रलोभनमा कारण मतदाताले एमालेले अघि सारेको चुनावी एजेण्डालाई विश्वस्त हुन नसकेको उनको भनाई थियो ।

एमालेले अघिल्लो कार्यकालमा ज्येष्ठ नागरिकलाई भत्ता वृद्धि, छेला औद्योगिक क्षेत्र शिलान्यास, शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय सञ्चालन लगायतका काम जनतामा लगेर गएको उल्लेख गर्दै उनले निर्वाचनमा पार्टी पंक्ति अपेक्षित रुपमा चलायमान हुन नसकेकोमा असन्तुष्टि जनाए ।

‘पार्टी पंक्ति, पार्टीका नेता कार्यकर्ता, सिंगो पार्टी जसरी चलायनमाथि हुनु पर्ने थियो, गतिशिल हुनु पथ्र्यो, त्यसरी भएन’ उनले भने,‘हाम्रा पनि थुप्रै आन्तरिक कमीकमजोरी रहे ।’

अघिल्लो पटक साँसद हुँदा आफूले भूमि सम्बन्धी समस्या समाधान र आरक्ष पीडित समस्या समाधानका लागि काम अघि बढाए पनि सरकरा विघटनका कारण पूरा हुन नसकेको उनले बताए ।

‘आरक्षको समस्यालाई चुनाव प्रचारमा क्यान्सर भनेर जसरी प्रचार गरियो, त्यो मैले कार्यदल गठन गरी अघि बढाई सकेको थिए, कार्यदलले ६० लाख वा १० कट्टा जमिन दिने सिफारिश नै गरेको छ’ उनले भने,‘अहिले आरक्ष पीडितका १४ शिविर छन्, ती शिविरका भोट किन्न ठूलो प्रयत्न गरियो, त्यसरी भोट किनेर समस्या समाधान हुँदैन ।’

एमालेले यस पटक निर्वाचनमा राष्ट्रियता, स्वाधिनता, विकास र समृद्धिको एजेण्डा लिएर चुनावी मैदानमा गएको उल्लेख गर्दैै उनले जनताबाट साथ सहयोग पाउने विश्वस्त भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...