ghar sansar

कञ्चनपुर २ मा एमाले उम्मेदवारले खुलाए चुनाव हार्ने प्रमुख कारण, उम्मेदवार भन्छन – मौन अवधिमा राज्य संयन्त्र दुरुपयोग गरी मतदातालाई पैसा बाँडियो

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव लडेका एमाले नेताले आफूहरु चुनाव हार्ने प्रमुख कारण खुलाएका छन् । झलारीमा आइतबार गरिएको पत्रकार सम्मेलनमा उनीहरुले चुनाव हार्ने कारण बताएका हुन् ।

उनीहरुमध्ये तिनै जनाले मौन अवधिमा सत्ता गठबन्धनले गरेको आर्थिक चलखेललाई चुनाव हार्ने प्रमुख कारण भएको बताए । मौन अवधिको दुई दिने समयमा सत्ता गठबन्धनले राज्य संयन्त्रको दुरुपयोग गरी मतदातालाई आर्थिक प्रभावमा पारेको उनीहरुले आरोप लगाएका छन् ।

ratnam malkhad

कञ्चनपुर २ मा प्रतिनिधि सभा सदस्यमा एमाले केन्द्रीय सदस्य नर बहादुर धामी, प्रदेश सभा क मा केन्द्रीय सदस्य कृपाराम राना र प्रदेश सभा ख मा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बचन बहादुर सिह चुनाव लडेका थिए । उनीहरु तिनै जना पराजय व्यहारेका छन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार यस पटक जित दोहो¥याउने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका थिए । प्रदेश सभा सदस्यका उम्मेदवार राना र सिह भने पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् ।

एमाले केन्द्रीय सदस्य धामीले सत्ता गठबन्धनका उम्मेदवारले प्रहरीको गाडीमा बसेर मतदातालाई पैसा बाँडेको बताए ।
‘उम्मेदवार आर्फैं प्रहरीको गाडीमा बसेका छन्, स्केटिङ्ग गरी घुमाइएको छ’ उनले भने,‘त्यसरी गाडीमा बसेर पैसा बाँडिएको छ, राज्य संयन्त्रको दुरुपयोग भएको छ ।’

शुक्लाफाँटा नगरपालिका ४ मा मतदातालाई बाँड्न लागिएका २ लाख ६० हजार बरामद गरिएको उल्लेख गर्दै उनले अन्य क्षेत्रमा मतदातालाई पैसा बाँडिएको उल्लेख गरे । ‘मौन अवधिमा गठबन्धनले १५ हजारलाई पैसा बाँडियो, ५ हजारका दरले पैसा बाँडिएको छ’ उनले भने,‘आर्थिक प्रभावमा पारी मतदातालाई मत हाल्न रोकियो ।’

एमाले केन्द्रीय सदस्य रानाले मौन अवधिमा गरेको आर्थिक चलखेका कारण आफू पराजित भएको बताएका छन् । ‘मौन अवधि समय बढेर समस्या भयो, दुई दिनको मौन अवधिमा पैसाको चलखेल भयो, एमालेलाई भोट दिन चाहने मतदातालाई पनि प्रभावमा पारियो ।’

उनले सत्ता गठबन्धनका हिसाबले पराजित भए पनि दलीय आधारमा हेर्दा एमालेले चुनाव जितेको बताए । देशभर सत्ता गठबन्धन असफल भएको उनको भनाई थियो ।

एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बचन बहादुर सिहले एमालेभित्र शुद्धिकरण अभियान सञ्चालन गरिने बताए । ‘मत बेच्ने कार्य भएको छ, तिनलाई पनि सिकाई हुन्छ’ झलारीमा प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘पार्टीभित्र शुद्धिकरण अभियान थाल्न जरुरी छ, अब त्यसका लागि अघि बढ्छौ ।’

उनले चुनाव हराउन एमाले भएर फाईदा लिने व्यक्ति सबैभन्दा बढी लागेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे । ‘एमाले बन्ने, एमाले दोहन गर्ने, सबैभन्दा बढी फाइदा लिएका सुन्ना मुसुन्ना सबै लागे’ उनले भने,‘त्यति गरेर लाग्दा पनि जनातबाट राम्रो साथ पाएका छौ,कमीकमजोरी सच्याउने मौका पाएका छौ ।’

निर्वाचनमा मतदाता शिक्षालाई ध्यान दिन नसक्दा आफू पराजित भएको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई विशेष प्राथमिकता दिइने बताए ।

‘मतदाता शिक्षा सिकाउन नसक्नु ठूलो कमजोरी भयो, प्रचारको शैली पनि फेरिनु पथ्र्यो’ उनले भने,‘ ४५३ मतले पराजित भए, सूर्यमा औँठा छाप मात्रै लगाएको ७ सय मत थियो, सूर्य सहित ११ सय मत भएका छन्, त्यस कारण मेरा १८ सय मत बदर भएका छन् ।’

Himal dental
सम्बन्धित
Loading...