ghar sansar

विद्यार्थी नेता अयडीका हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा चक्काजाम

महेन्द्रनगर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बाजुराका चेतन ऐडीको हत्या गरिएको विरोधमा महेन्द्रनगरमा चक्काजाम गरेको छ ।

daimond public

सोमबार बिहान अनेरास्ववियुले १० बजेदेखि ११ बजेसम्म एक घण्टा चक्काजाम गरेको छ । अखिलका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटि अध्यक्ष अयडीको निर्वाचनका बेला घर फोडेर कुटपिट गरी हत्या गरिएको थियो ।

lotus institite

चक्काजाममा सहभागी विद्यार्थीले अयडीका हत्यारालाई कारवाही गर्न माग गरेका छन् । अखिलका जिल्ला अध्यक्ष कमल रोकायाले अयडीका हत्यारालाई कानुनी कार्बाहीका लागि चक्काजाम गरिएको बताए ।

‘हत्यारा कार्बाही नगरी फेरीपनि निरन्तर आन्दोलन गछौँ’ उनले भने,‘साँकेतिक चक्काजाम हो, अब थप आन्दोलन चर्काउँछौ ।’

Himal dental
सम्बन्धित
Loading...