ghar sansar

एमालेका सबैभन्दा कान्छा वडा अध्यक्ष, जसले आफ्नो वडामा पाललाई पुगाए लेखककै हाराहारी

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक तेसा्रे पटक साँसद निर्वाचित भएका छन् । उनी एमाले पोलिटब्युरो सदस्य निरुदेवी पाललाई पराजित गरी साँसद भएका छन् । अघिल्लो निर्वाचनमा एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टसित पराजित भएपछि उनी संसद जान रोकिएका थिए ।

अघिल्लो निर्वाचनमा पराजित लेखकले यस पटक एमालेका केन्द्रीय नेतालाई पराजित गरी साँसद निर्वाचित भएका छन् । उनले एमालेकी पाललाई १२ हजार ७५ मतको फराकिलो अन्तरले पराजित गरेका छन् ।

ratnam malkhad

एमालेकी पालले लेखकलाई निर्वाचन क्षेत्र नं ३ का ३० वडामध्ये एउटा वडा मात्रै हाराहारी मत पाएकी छन् । भीमदत्त नगरपालिका १२ मा उनी लेखक भन्दा २ मतले पछाडि परेकी छन् । ३० वडामा पाल सबैभन्दा कम मत अन्तरले १२ नम्बरमा पछाडि परेकी छन् । यस वडाबाट लेखकले ५८४ र पालले ५८२ मत पाएका छन् ।

सबै वडाबाट लेखकले ३० हजार ५सय २३ र पालले १८ हजार ४ सय ४८ मत पाएकी छन् । पाललाई सबैभन्दा कम अन्तरले मत दिलाउने भीनपा १२ मा एमाले वडा कमिटीको नेतृत्व यृुवा नेता भुवनराज पन्तले गरेका छन् ।

अघिल्लो वर्ष एमालेको वडा कमिटी अध्यक्ष हुँदा उनी २२ वर्ष २ महिनाका थिए । उनी एमालेका सबै ९२ वडा कमिटीका अध्यक्षमा सबैभन्दा कान्छा हुन् । सबैभन्दा कान्छा वडा अध्यक्षको वडामा पाल हाराहारी मत ल्याएकी छन् ।

सबैसित घुलमिल गर्न सक्ने स्वभाव भएका पन्त स्थानीय तह निर्वाचनदेखि चुनाव प्रचारमा सक्रिय भएर लागेका थिए । उनी यस पटक पनि निर्वाचनमा सक्रिय भएर लागेका थिए । उनले वडामा चुनाव प्रचारको कार्यक्रम बनाएर प्रचारका कार्यक्रम अघि बढाएका थिए ।

एमाले नेताहरुका अनुसार वडा कमिटी अध्यक्ष पन्त चुनाव प्रचार सुरु भएपछि एक दिन पनि पार्टी कार्यालय नआएर प्रचारमा सक्रिय भएका हुन् । उनले वडा कमिटीलाई सक्रिय रुपमा निर्वाचनमा परिचालन गरी पाललाई बराबरी मत दिलाएका छन् ।

एमालेको वडा कमिटी अधिवेशनबाट पन्त निर्विरोध अध्यक्ष भएका हुन् । सबैभन्दा कान्छा उमेरमा अध्यक्ष भएपछि उनले चर्चा पाएका थिए । एमालेमा विद्यार्थी राजनीतिबाट आएका उनी वडा कमिटीबाट पार्टी राजनीतिमा आएका हुन् ।

अध्यक्ष पन्त २०७१ देखि एमाले नजिक भएर राजनीति थालेका उनी अनेरास्ववियु जिल्ला कमिटी सदस्य भएका छन् ।
राजनीतिक पारिवारिक पृष्ठभूमि नभएका उनले यस पटक निर्वाचनमा आफ्ना उम्मेदवारलाई अनपेक्षित मत दिाएर थप चर्चा आर्जन गरेका छन् । उनी एमालेभित्र बलियो युवा नेताका रुपमा हेर्न थालिएका छन् ।

वडा कमिटी अध्यक्ष भएपछि उनले मन वचन र कर्मले पूर्ण रुपमा राजनीतिमा लाग्ने बताएका थिए । त्यस अनुसार राजनीतिमा सक्रिय भएर उनले यस पटक चुनावमा प्रमाणित गराएका छन् ।

यस पटक निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुकारले २ हजार २८, नेपाल मजदुर किसान पाटीका जानकी देवी गिरीले १०६, लोकतान्त्रिक समाजवादी पार्टीका अम्बादत्त तिवारीले ९१, जनमत पार्टीका शुशिला देवी विष्टले १३१, मौलिक जरोकिलो पार्टीका तिलक प्रशाद जोशीले २सय १६, हाम्रो नेपाली पाटीका दुर्थादत्त पाण्डेयले २सय ७८, काँग्रेसकै बागी दिपक सिहले १ हजार, १४३, काँग्रेसकै बागी मदन दमाई २सय ५२, काँग्रेसकै अर्की बागी शारदा देवी चन्दले ७सय ३८ र स्वतन्त्र उम्मेदवार शुभाष सिह धामीले १०५मत पाएका छन् ।

कञ्चनपुर ३ मा ९७ हजार, ८ सय २२ मतदातामध्ये ५७ हजार ७५८मत खसेको थियो । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार ५४ हजार ५९ मत सदर र ३ हजार ६सय ९९ मत बदर भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...