ghar sansar

जन्म दिनमा वडा अध्यक्ष चौधरीले बाँडे विद्यार्थीलाई खेलकुद सामाग्री

dirghayu ad

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले जन्मदिनको अवसरमा विद्यार्थीलाई सोमवार खेलकुद सामग्री वितरण गरेका छन । जनज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई वडा अध्यक्ष चौधरीले खेलकुद सामग्री वितरण गरेका हुन् ।

४० वर्ष प्रवेश गरेका चौधरीले विद्यार्थीलाई फुटवल, व्याटमेन्टीन, क्रिकेट, फुटवल, चित्र कोर्न प्रयोग हुने पेपर लगायतका सामग्री वितरण गरेका छन् ।

ratnam malkhad

जन्मदिन विद्यार्थी संग मनाएको उनले बताए । केक काटेर हैन सृजनशिल कार्य गरेर जन्मदिन मनाउनका लागि विद्यार्थीलाई खेलकुद सामग्री वितरण गरेका हौं उनले भने ।

Himal dental
सम्बन्धित
Loading...