ghar sansar

सुदूरपश्चिममा किन हुन थाल्यो यसरी हत्या, बाजुरा र दार्चुलापछि बैतडी स्वराडसम्म पुग्यो हत्या श्रृङ्खला

khasi

महेन्द्रनगर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन घोषणापछि सुरु भएको हत्या श्रृङ्खला बैतडीको तल्लो स्वराडसम्म पुगेको छ । चुनावका क्रममा सुदूरपश्चिमको बाजुरा र दार्चुलामा भएका हत्याका घट्ना बैतडीसम्म पुगेका छन् ।

बैतडीको शिवनाथ गाउँपालिकामा घरबाट लुगा सिउन निस्केकी युवतीको घाँट रेटेर हत्या गरिएको अवस्थामा भेटिएकी छन् । उनीसंगै गएकी अर्का युवती गम्भीर घाइते अवस्थामा भेटिएकी छन् ।

Anant bahu travels

पञ्चेश्वर गाउँपालिका ४ सौलोडाकी २१ वर्षिया माया लुहार मृत शिवनाथ गाउँपालिका ६ स्थित शिवनाथ मन्दिर नजिक घाँटी रेटेर फालिएको अवस्थामा २१ वर्षिया लुहार भेटिएका हुन् ।

लुहारसंगै घरबाट निस्केकी १५ वर्षिया नेहा लुहार पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा घाइते अवस्थामा भेटिएकी छन् । उनको घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो भागमा हतियार प्रहार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले मायाको शव र नेहा रक्ताम्य अवस्थामा भेटिएको बताए । पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनी उपचारका लागि भर्ना गरिएकी छन् ।

माया र नेहा मंगलबार घरबाट लुगा सिउन भनि पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिँडेकी हुन् । बुधबारसम्म पनि घर नफर्केपछि घर परिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा मायाको हत्या र नेहा गम्भीर घाइते अवस्थामा भेट्टिएकी हुन् ।

dirghayi clinic

घटनापछि बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाही आफैं घट्नास्थल तर्फ हिँडेका छन् । बाजुरामा मतदानका दिन हिंसात्मक घछ्ना भएका थिए । त्रिवेणी नगरपालिका–७ का एमाले कार्यकर्ता ३२ वर्षीय ऐडीलाई गत ४ गते चुनावका दिन कांग्रेस कार्यकर्ताले कुटपिट गरी हत्या गरेका थिए । उनको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।

ऐडी हत्या आरोपमा काँग्रेसका २२ कार्यकर्ता विरुद्ध जाहेरी दिइएको छ । बाजुरामा ऐडीको हत्यापछि मतगणना स्थगित भएको छ । निर्वाचन आयोगले बुधबार मतगणना सुरु गर्न निर्देशन दिएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको गृह जिल्ला दार्चुलामा पनि भोट हाल्न मतदान केन्द्रतिर गएका व्यवसायीको हत्या गरिएको छ । व्याँस गाउँपालिका–४ का ४० वर्षीय नरसिंह विष्ट (नरेन्द्र) को हत्या गरिएको थियो ।

उनको हत्या आरोपमा स्थानीय २५ वर्षीय दिपक विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए ।

मतदानको अघिल्लो दिन मंसिर ३ गते विष्टको हत्या भएको थियो । प्रहरीका अनुसार दार्चुला तिंकर सडकमा मादक पदार्थ सेवन गरेका उनीहरु दुबै जनाबीच विवाद भएर झगडा भएपछिको विवादमा उनको टाउको प्रहार गरी हत्या गरिएको हो ।

पक्राउ परेका विष्टले हत्या पश्चात नरसिंहको शवलाई २ सय मिटर टाढा खोलामा फालेर ढुंगाले च्यापेको स्वीकार गरेका छन् । नरसिंह मंसिर ३ गते बेपत्ता भएका थिए ।

भोलिपल्ट उनी मतदान गर्न नआएपछि स्थानीयले खोजी गर्दा उनको शव खोलामा भेटाएका थिए। उनी दार्चुला सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका थिए। उनी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न गाउँ गएका बेला घटना भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...