
महेन्द्रनगर । बैतडीका नव निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले पञ्चेश्वरका दुई युवतीमाथि शिवनाथमा भएको घट्ना सम्बन्धी छानबिन गर्न सरकारसंग माग गरेका छन् । उनले घट्नालाई निन्दनीय भन्दै भत्र्सना गरेका छन् ।

साँसद भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट घट्नाको निन्दा गर्दै छानबिन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
पञ्चेश्वर गाउँपालिका ४ की २१ वर्षिया माया लुहार शिवनाथ गाउँपालिका ६ स्थित शिवनाथ मन्दिर नजिक घाँटी रेटेर हत्या गरिएको छ । उनीसंगै भएकी उनकी १५ वर्षिया नेहा लुहार अर्को स्थानमा गम्भीर घाइते अवस्थामा भेटिएकी छन् ।
घाइते नेहाको डडेल्धरास्थित उप क्षेत्रीय अस्पतालमा उपचार भइ रहेको छ । मायाको शव पोष्ट मार्टमका लागि पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
