ghar sansar

घाँटी रेटेर घाइते नेहाको घाँटीको शल्यक्रिया गर्ने तयारी

little buddha academy
khasi

महेन्द्रनगर । डडेल्धुरास्थित उप क्षेत्रीय अस्पताल भर्ना गरिएकी शिवनथा घट्नाकी घाइते नेहा लुहारको घाँटीको शल्यक्रिया गर्ने तयारी गरिएको छ । उनलाई बुधबार साँझ अस्पताल ल्याइएको थियो । घाँटीमा गहिरो घाउ भएकी उनी खतरामुक्त भएको चिकित्सकहरुले बताएका छन् ।

dirghayi clinic

नेहाका उपचारका लागि आएका स्थानीयका अनुसार उनको शल्यक्रियाका लागि तयारी गरिएको छ । ‘घाँटीमा गहिरो घाउ छ, आज शल्यक्रिया गर्ने तयारी गरिएको छ’ स्थानीय नारायण सार्कीले भने,‘डाक्टरहरुले खतरमुक्त छन् भनि सकेका छन् ।’

,orning glory badhai

मंगलबार घरबाट कपडा सिलाउन भनेर शिविनाथ आएकी पञ्चेश्वर गाउँपालिका ४ की २१ वर्षिया माया लुहारसंगै आएकी उनी घाइते अवस्थामा बालाडाँगामा भेटिएकी थिइन् । माया भने शिवनाथ मन्दिर नजिक घाँटी रेटिएको अवस्थामा भेटिएकी थिइन् । माया नेहाकी फुपु हुन् ।

घाँटीमा चक्कु प्रहार भएपछि भाग्न सफल भएकी उनले मंगलबार रातभरि जङ्गलमा बसेर ज्यान जोगाएकी हुन् । बुधबार विहान स्थानीयले देखेपछि उनलाई उपचारका लागि पाटनस्थित स्वास्थ्य केन्द्र लगेर साँझ डडेल्धुरा ल्याइएको हो ।

Himal dental
सम्बन्धित
Loading...