ghar sansar

शिवनाथ हत्याकाण्ड : ऋण काढेर घाइते नेहाको उपचार गराउँदै घर परिवार

khasi

महेन्द्रनगर । डडेल्धुरास्थित उप क्षेत्रीय अस्पताल भर्ना गरिएकी शिवनाथ घट्नाकी घाइते नेहा लुहारका घर परिवारले ऋण लिएर एम्बुलेन्स खर्च तिरेका छन् ।

बुधबार विहान बालाडाँगामा गम्भीर घाइते अवस्थामा भेटिएकी उनलाई शिवनाथबाट एम्बुलेन्स गरी उपचारका लागि डडेल्धुरा ल्याइएको हो । त्यस अघि उनलाई पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचार गरिएको थियो ।

Anant bahu travels

नेहाको उपचारका लागि डडेल्धुरा आएका स्थानीयका अनुसार घर परिवारले ऋण निकालेर एम्बुलेन्सलाई ८ हजार भाडा तिरेका छन् । घर परिवारसित बुधबार साँझ पैसा नभएपछि विहीमात्रै एम्बुलेन्सलाई भाडा दिइएको छ ।

अस्पतालमा भर्नापछि औषधि लगायतका अन्य खर्च पनि घर परिवारले तिर्दै आएका छन् । कमजोर घरायशी अवस्थाका कारण ऋण निकालेर उपचार व्यहोर्न पर्ने अवस्था आएको छ ।

dirghayi clinic

‘एकदमै कमजोर अवस्था हो, ऋण ननिकाली उपचार खर्च गर्न सक्ने अवस्था छैन, ऋण निकालेर नै आज एम्बुलेन्सको भाडा दिइएको छ’ अस्पताल आएका स्थानीय नारायण सार्कीले भने,‘उपचारका अन्य खर्च पनि घर परिवारले ऋण निकालेर गरि रहेका छन् ।’

डडेल्धुरामा नेहा उपचार बाहेक पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका मायाको शव कुरुवाका लागि पनि खाना खर्च जुटाउनु पर्ने बाध्यतामा लुहार परिवार पुगेका छन् । बुधबार साँझ पोष्टमार्टका लागि शव राखिएपछि ६÷७ जना स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा बसेका छन् ।

‘पैसा नभएर दुबैतिर समस्या आको छ, खाना खर्च पनि ऋण निकालेर गर्नुृ पर्ने बाध्यता छ’ उनले भने,‘अरु त केही पनि विकल्प छैन ।’

घरबाट लुगा सिलाउन निस्केकी पञ्चेश्वर ४ की माया लुहार शिवनाथ गाउँपालिका ६ शिवनाथ मन्दिर नजिक घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । उनीसंगै आएकी उनका भदिनी नेहा शिवनाथ र पञ्चेश्वरको सीमा क्षेत्र बालाडाँगामा घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा भेटिएकी हुन् ।

डेल्धुरास्थित उप क्षेत्रीय अस्पताल भर्ना गरिएकी उनको घाँटीको शल्यक्रिया गर्ने तयारी गरिएको छ । उनलाई बुधबार साँझ अस्पताल ल्याइएको थियो । घाँटीमा गहिरो घाउ भएकी उनी खतरामुक्त भएको चिकित्सकहरुले बताएका छन् ।

नेहाका उपचारका लागि आएका स्थानीयका अनुसार उनको शल्यक्रियाका लागि तयारी गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...