ghar sansar

माया हत्याकाण्डका आरोपी सशस्त्र प्रहरी जवान महेन्द्रनगर वसपार्कबाट पक्राउ

khasi

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्याका आरोपी सशस्त्र प्रहरी जवान भरत कोली पक्राउ परेका छन् । शिवनाथ गाउँपालिका ६ स्थित शिव मन्दिर नजिक मायाको शव भेटिएपछि फरार कोलीलाई आइतबार विहान महेन्द्रनगर वसपार्कबाट पक्राउ गरिएको हो ।

dirghayi clinic

शिवनाथ गाउँपालिका–४ का सलपोलाका कोली विहान वसपार्कमा हिँडि रेहको अवस्थामा पक्राउ गरिएका हुन् । उनी भारत जान सक्ने आशंकामा सीमावर्ती क्षेत्रका सबै नाकामा प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले आइत्बार बिहान करिब १० बजेतिर महेन्द्रनगर बसपार्कमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको बताए । ‘बैतडी प्रहरीसँग समन्वय गरेर आइडेन्टिफाई गरियो,’ उनले भने, ‘अब कोलीलाई बैतडी प्रहरीको जिम्मा दिने तयारी गरिरहेका छौँ ।’
कोलीले गत १३ गते साँझ धारिलो हतियारले घाँटी रेटेर मायाको हत्या गरेको आरोेप छ। मायासँगै रहेकी उनकी भदै नेहा घाइते छिन। उनको डडेल्धुरास्थित अस्पतालमा उपचार भइरहेको छ।

परिवारले शिवनाथ गाउँपालिका–४ का कोलीले हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए। पोखरास्थित सशस्त्र प्रहरी बलमा कार्यरत कोलीले घर विदामा आएर मायाको हत्या गरेका छन् । उनले मायाकी भदै नेहाको घाँटीमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...