ghar sansar

दिन विराउँदै वसपार्क पुगेका मायाका हत्या आरोपी

khasi

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्याका आरोपी सशस्त्र प्रहरी जवान भरत कोली पाँच दिनपछि पक्राउ परेका छन् । गत बुधबार मायाको शव भेटिएपछि प्रहरीले कोलीको खोजीका लागि सबैतिर प्रहरी परिचालन गरिएको थियो ।

मायाको हत्यापछि घाँटीमा चक्कु प्रहार गरी छाडेकी उनकी १५ वर्षिया भदै नेहाले कोलीले मारेको बताएपछि उनको घर परिवारले बैतडीमा प्रहरीमा कोली विरुद्ध किटानी जाहेरी दिएका छन् ।

Anant bahu travels

महेन्द्रनगर वसपार्कबाट विहान १० बजे पक्राउ गरिएका उनलाई आइतबार नै अड्डासार गरी बैतडी लगिएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई वसपार्कबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका कोली आइतबार विहान अत्तरियाबाट महेन्द्रनगर पुगेका हुन् । उनी भारत जान महेन्द्रनगर वसपार्क पुगेको प्रहरीको आशंका छ ।

‘भारततर्फ भाग्ने उद्देश्यले महेन्द्रनगर पुगेको खुलेको छ,’ प्रहरीले स्रोतले भन्यो, ‘बैतडी प्रहरीले हुलिया काटेर परिपत्र गरेको थियो, बसपार्कमा डिउटीमा खटिएको प्रहरी टोलीले त्यसैका आधारमा पक्राउ गर्न सफल भएको हो ।’

मंगलबार साँझ हत्या गरेपछि राति घरमा बसेका कोली अर्को दिन बुधबार विहानदेखि फरार भएका थिए । उनी फरार भएपछि हत्यामा उनीमाथि स्थानीयले आशंका गरेका थिए ।

घरबाट बुधबार भागेका कोली ५ दिनपछि महेन्द्रनगर पुगेका छन् । प्रहरीले उनी फरार भएपछि उनको फोन कल ट्रेसिङ्ग गरेको थियो । मोबाइल अफ हुन अघिसम्म उनको मोबाइल लोकेसन डडेल्धुरामा देखिएको थियो ।

dirghayi clinic

मोबाइल अफ हुन अघि उनले फेसबुकबाट सार्वजिक भिडियोका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रका सबै नाकामा प्रहरी परिचालन गरिएका थिए । उनी कैलाली र कञ्चनपुरका सीमा नाका भएर भारत जान सक्ने आशंका प्रहरीको थियो ।

महेन्द्रनगरमा पक्राउ पर्न अघि उनी कुन कुन ठाउँमा बसे भन्ने अझै खुलेको छैन । प्रहरीले अनुसन्धानबाट उनी फरार भएपछि बसेको सबै ठाउँ पत्ता लाने जानकारी दिएको छ ।

सशस्त्र प्रहरी जवान कोलीले सिधैं महेन्द्रनगर नआएर दिन विराउँदै आएको कारण पनि प्रहरी अनुसन्धानबाट खुल्ने अपेक्षा गरिएको छ । हातमा खत भएका उनी मुखमा मास्क र घुमाउरो कपाल बनाएर घुमि रहेको अवस्थामा पक्राउ गरिएका छन् ।

घर विदामा आएका २२ वर्षिय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए । उनी पाँच महिना अघि मात्रै पास आउट भएका हुन् ।

पञ्चेश्वर गाउँपालिका ४ की मायाको उनले प्रेम सम्बन्धका कारण हत्या गरेको प्रहरीको आंशका छ । घर विदामा आएपछि केही दिन अघि उनले कुलाउबाट मायाको मोबाइल खोसेर लिएका थिए । उनले त्यहीं मोबाइल लिन बोलाएर मायाको हत्या गरेका छन् ।

मंगलबार विहान ११ बजे घरबाट लुगाउन सिलाउन कुलाउ जान्छु भन्दै निस्केका माया र नेहा साँझ घर नआएपछि अर्को दिन खोजी गरिएको थियो । पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा नेहा रक्ताम्य अवस्थामा फेला परेपछि मायाको शव शिव मन्दिर नजिक भेटिएको थियो ।

मंगलबार मायाको हत्यापछि कोली आफ्नै घरमा सुतेको र अर्को दिन बिहान १० बजेसम्म घरमै रहेको स्थानीयले बताएका छन् ।

त्यसपछि भाग्दै कोली डडेल्धुरा पुगेको खुलेको छ। उनको मोबाइलको अन्तिम लोकेसन पनि डडेल्धुरा देखिएको थियो। माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरी समेत थिइन् ।

Himal dental
सम्बन्धित
Loading...