ghar sansar

दार्चुलामा महाकालीको धार बदल्न भारतको यतिसम्म जबरजस्ती, जनता आक्रोशित, प्रशासन निरीह

little buddha academy
khasi

महेन्द्रनगर । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी बनाई रहेको तटबन्धको विरोधमा उत्रिएका नेपालीमाथि दार्चुलामा भारतीयले ढुङ्गा प्रहार गरेका छन् । भारतीयको ढुङ्गा प्रहारबाट चार जना घाइते भएका छन् ।

ढुङ्गा प्रहारपछि नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा आवतजावत बन्द गरिएको छ । भारतीयले प्रहार गरेपछि दार्चुलाबाट पनि प्रतिकार गर्दै ढुंगा हानिएको छ । दुबै जिल्लाका वासिन्दाल ढुङ्गा हानाहान गरेपछि तनाव उत्पन्न भएको छ ।

,orning glory badhai

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले आइतबार करिब ४ बजेतिर घटना भएको र केही व्यक्ति घाइते भएको सूचनापछि टोली त्यता पठाएको जानकारी दिए ।

dirghayi clinic

‘केही व्यक्ति घाइते भएपछि पुल बन्द गरिएको खबर आएको छ, वास्तविकता बुझ्न टोली खटिएको छ,’ उनले भने।

महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ। भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन्।

भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप उनीहरुले लगाउदै आएका छन्। स्थानीयले तटबन्ध निर्माण रोक्न माग गर्दै दबाव दिर्दै आएका छन् ।

तटबन्धन निर्माण विरोध गरेपछि आइतबार फेरि लफडा भएको छ । भारतले पछिल्लो समय धमाधम तटबन्ध निर्माण गरिरहेको छ। नदीको सतह नै परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्नसक्ने भन्दै स्थानीय आन्दोलित बनेका छन्।

Himal dental
सम्बन्धित
Loading...