ghar sansar

एडीबी ऋणको ठेक्कामा ठेकेदारको मनोमानी, अन्धाधुन्ध खनिए बजारका गल्ली, विद्युत टेलिफोनका पोल सडकमा राखेर कालोपत्रे

little buddha academy
khasi

महेन्द्रनगर । कतै हिलाम्य सडक। कहीँ धूलो उडिरहेको छ। केही दिनदेखि महेन्द्रनगर बजारको अवस्था यस्तै छ। यतिमात्रै होइन विद्युत् र टेलिफोनका पोलहरू सडकमै छन्। यस्तैमा सडक कालोपत्रेको काम भइरहेको छ ।

एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माण भइरहेको हो। तर सरकारी निकाय र निर्माण कम्पनीबीच समन्वय नहुँदा बजार क्षेत्र अस्तव्यस्त हुन पुगेको छ। निर्माणका क्रममा खानेपानीका पाइप काटिएर बजार क्षेत्र हिलाम्य भएको छ ।

,orning glory badhai

विद्युत् र टेलिफोनका पोलहरू हटाइएका छैनन्। त्यसैमाथि कालोपत्रे भइरहेको छ। ‘हिलो र धूलोले बजारमा हिँडडुल गर्नै समस्या भएको छ,’ स्थानीय विष्णु भट्टले भने, ‘सवारी साधन त चलाउनै नसकिने भएको छ ।’

सबै गल्लीहरू एकै पटक निर्माण गर्नुभन्दा पालै पालो गरेको भए सहज हुने उनले बताए। आयोजनाअन्तर्गत पहिलो चरणमा करिब १ अर्बको ठेक्का भएको छ । महेन्द्रनगर र आसपासको १४ किलोमिटर सडक स्तरोन्नति हुँदैछ। सडकको चौडाइ औसत १५÷१६ मिटरसम्म छ ।

dirghayi clinic

महेन्द्रनगरदेखि एयरपोर्ट रोड, महेन्द्रनगर बजार क्षेत्रसँगै सालघारी सडकलगायतको स्तरोन्नति अहिले भइरहेको हो। तर कतिपय ठाउँमा स्थानीयले अवरोध गरेका कारण निर्माण कार्य रोकिएको छ ।

‘केही व्यक्तिहरूले जमिन नछाड्दा काममा अवरोध भएको छ,’ भीमदत्त नगरपालिकाका इन्जिनियर गोरख बहादुर सिंहले भने, ‘बजार क्षेत्रकै ठूला व्यापारीले समेत अवरोध गरेका छन् ।’

अहिले महेन्द्रनगर बजार क्षेत्रका ५ वटै गल्ली सडक निर्माणाधीन अवस्थामा छ। जसका कारण बजारमा आउजाउ गर्नसमेत समस्या भइरहेको छ ।

सडक स्तरोन्नति हुँदा खानेपानीका पाइप, विद्युत् र टेलिफोनका पोल भित्री गल्लीमा सार्नुपर्ने भए पनि केही समस्या आएको इन्जिनियर सिंहले बताए । उनका अनुसार इस्टमेटमा ९ मिटरको विद्युतपोल उल्लेख भए पनि अहिले विद्युत् प्राधिकरणले बजार क्षेत्रमा ११ मिटरको पोल राख्नुपर्ने अडान लिएको छ। जसका कारण पोल नसारेरै कालोपत्रे भइरहेको हो।
सडक निर्माणका क्रममा बजार क्षेत्रमा खानेपानीका पाइप जथाभावी काटिएका छन्। यसकै कारण हिलाम्य भएको छ। सुक्खा बनाएर ग्राभेल हाल्नुपर्ने भएका कारण धूलो उडनबाट रोक्न नसकिएको निर्माण कम्पनी जेडआईसी लामा कन्स्ट्रक्सनका व्यवस्थापक भूपेन्द्र सिंहले बताए ।

‘खानेपानीको पाइप सम्बन्धित कार्यालयले नै हटाउनुपर्ने हो, यो विषयमा नगरपालिकामा बसेर पटकपटक कुरा पनि भइसकेको छ,’ सिंहले भने, ‘तर सडक निर्माण गर्दा जथाभावी पाइप काटिएर हिलाम्य भएको छ, खानेपानी संस्थानले पाइप हटाएको छैन् ।’

उनकाअनुसार खानेपानीको पाइप हटाउने र अर्को ठाउँमा लगाउने काम संस्थानले नै गर्नु पर्छ । नगरपालिकाले हालसम्म फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जमिन नपाउँदा उक्त काम अगाडि बढ्न सकेको छैन । पहिलो चरणमा सडकको स्तरोन्नतिका लागि करिब १ अर्बको ठेक्का भएको छ ।

Himal dental
सम्बन्धित
Loading...