ghar sansar

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका अकाँक्षीहरुको दौडधुप

काँग्रेस समाजवादीका नेता काठमाडौं पुगे, माओवादीले पत्रकार सम्मेलन गरी दबाव दिदैं

dirghayu ad

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका आकाँक्षी सत्तारुढ गठबन्धनका तीन ठूला दलका नेताहरु दबाव दिन थालेका छन् । उनीहरुले गठबन्धनभित्र र बाहिर दबाव बढाउन पुगेका छन् । गठबन्धन आवद्ध काँग्रेस र एकीकृत समाजवादीका नेता मुख्यमन्त्रीको लबिङ्गका लागि काठमाडौं पुगेका छन् ।

उनीहरुले आफ्नो दलको शीर्ष नेतृत्वलाई मुख्यमन्त्रीका लागि मनाउन थालेका छन् । गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीका लागि दबाव दिएको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्रीका आकाँक्षी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले डडेल्धुरामा सोमबार पत्रकार सम्मेलन गरी दावीबाट पछि फिर्ता हुन नसक्ने घोषणा गरेका छन् ।

ratnam malkhad

‘गठबन्धनमा आबद्ध दलहरूबीच मलाई मुख्यमन्त्री बनाउने एक किसिमको समझदारी भएको हो,’ उनले भने, ‘त्यो लिखित त छैन । तर, शीर्ष नेताहरूले समझदारी कार्यान्वयन गर्नु हुन्छ भन्ने पूर्ण विश्वास छ’ पत्रकार सम्मेलनमा उनले भने ।
सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि समझदारी भएको भट्टको भनाइ छ । भट्टले सोमबार पत्रकार सम्मेलन गर्न अघि नै काँग्रेस र एकीकृत समाजवादीका आकाँक्षी नेताहरु काठमाडौ. पुगि सकेका छन् ।

सत्ता साझेदार एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी मुख्यमन्त्रीको आकाँक्षी भएर काठमाडौ पुगेका छन् ।

उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललगायका नेताहरुलाई भेट्ने कार्यक्रम बनाएका छन् । ‘स्वाभाविक रुपमै मुख्यमन्त्रीको दावेदार हो । शीर्ष नेताहरुले के गर्छन ? कस्तो गठबन्धन हुन्छ ? हामीले यहीँ गठबन्धन अगाडि बढाउन भन्ने हो । शंका उपशंकाका कुराहरु पनि आउँदैछन्। राजनीति कसरी अगाडि बढ्छ ? त्यहीँ अनुरुप निर्णय होला नि,“ मन्त्री सोडारीले भने।

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि सबैभन्दा बढी आकाँक्षी काँग्रेसबाट छन् । काँग्रेसबाट बहादुर थापा, दिवान सिह विष्ट, बिक्रम धामी, प्रकाश देउवा, शिवराज भट्ट लगायतका आकाँक्षी देखिएका छन् । उनीहरुमध्ये कञ्चनपुर २ ख बाट निर्वाचित थापा लबिङ्गका लागि काठमाडौ पुगेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवा निकट थापा काँग्रेसभित्र आफू सिनियर भएकाले मुख्यमन्त्रीका लागि स्वभाजिक दावी भएको बताउँछन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रचारका क्रममा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका भट्टले देउवा पत्नि आरजु राणाले कैलालीका प्रकाश देउवालाई मुख्यमन्त्री बनाउने प्रचार गरेका थिए । देउवा प्रधानमन्त्री देउवाका भतिजा हुन् । उनलाई मुख्यमन्त्री बनाउने गरी प्रदेश सभा सदस्य बनाएको काँग्रेसभित्र चर्चा हुने गरेको छ ।

कञ्चनपुर १ ख बाट निर्वाचित काँग्रेस नेता दिवान सिह विष्टले पनि मुख्यमन्त्रीमा दावी नछाड्ने घोषणा गरेका छन् । प्रधानमन्त्री देउवाले उनलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य लडाएका हुन् । उनले प्रतिनिधि सभा सदस्यमा अन्तिमसम्म अडान लिएका थिए ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका आकाक्षी भएर चुनाव लडेका काँग्रेसका नेताहरु डा. रण बहादुर रावल र गोविन्द बोहरा पराजित भएका छन् । उनीहरु दुबै जना सुदूरपश्चिम प्रदेश सरकारको बहालवाला मन्त्री हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य हुने व्यवस्था छ । प्रदेशमा ३२ प्रत्यक्ष र २१ सामानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । सत्ता गठबन्धनभित्र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्बन्धी अझै भागबण्डा भएको छैन । सत्तारुढ गठबन्धभित्र भागबण्डा नहुँदै आकाँक्षी नेताहरु मुख्यमन्त्रीका लागि दबाव दिन थालेका हुन् ।

समानुपातिक नतिजा बाहिर आएपछि मुख्यमन्त्रीको आकाँक्षीमा नेताहरु थप हुने सम्भावना छ । बाजुराको समानुपातिक मत गणना सकिएकाले केही दिनभित्र नतिजा आउने निर्वाचन आयोगको भनाई छ ।

सुदूरपश्चिम प्रदेश सरकार सञ्चालनका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक हुन्छ । सुदूरपश्चिम प्रदेश सभामा काँग्रेस, माओवादी केन्द्र तथा एकिकृत समाजवादीसित सरकार बनाउन बहुमत पुग्ने देखिएको छ ।

Himal dental
सम्बन्धित
Loading...