ghar sansar

पञ्चेश्वरमा चन्दलाई यस कारण बनाइएको रहेछ जबरजस्ती अध्यक्षको उम्मेदवार

little buddha academy
khasi

महेन्द्रनगर । एमाले बैतडीले कारवाही सिफारिश गरेका पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले आफूलाई जबरजस्ती टिकट दिएर आफू विरुद्ध बागी खडा गरेको खुलासा गरेका छन् । सुदूरपश्चिम प्रदेश कमिटीमा पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारवाही गरिएपछि उनले पार्टीलाई कम्पनी बनाउने प्रवृत्ति संघर्ष गर्ने चेतावनी पनि दिएका छन् ।

‘स्थानीय निर्वाचनमा मेरो दोहोरिने मन थिएन्, जबर्जस्ती टिकट दिइयो, फेरि त्यहीँ लिलाधर भट्टले हाम्रै पार्टीका राजेन्द्र चन्दलाई बागी उम्मेदवार बनाएर पठाए । यसका बाबजुद पञ्चेश्वरका जनताले अत्याधिक मतले मलाईं विजय गराए,’ उनले भने ।

स्थानीय तह निर्वाचनमा चुनाव प्रचारका क्रममा एमालेका नेता चन्द पार्टी छाडेर एकीकृत समाजवादी गएका थिए । उनी सत्ता गठबन्धनबाट पञ्चेश्वरको उपाध्यक्षमा चुनाव लडेका थिए । पञ्चेश्वरको अध्यक्ष र उपाध्यक्ष दुबैमा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

पञ्चेश्वर जेवलकट्टेका चन्द एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीका मित भाई हुन् । चुनावमा एमाले छाडेका चन्दलाई फर्काउन प्रदेश अध्यक्ष भण्डारीले अनिच्छा देखाएका थिए ।

dirghayi clinic

बैतडी एमालेमा प्रदेश अध्यक्ष भण्डारी, केन्द्रीय सदस्य लिलाधर भट्ट, जिल्ला अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्र कार्कीको दबदबा छ । एमाले अध्यक्ष केपी ओलीसम्म भण्डारीको पहुँचका कारण उनीहरु बलियो अवस्थामा छन् । स्थानीय तह निर्वाचनमा प्रदेश अध्यक्ष भण्डारीले टिकट दिएका थिए ।

एमालेमा संस्थापनका समर्थक चन्द एमाले जिल्ला अधिवेशनमा अध्यक्षको दाबेदार भएपछि उनीसित भण्डारीको समूह असन्तुष्ट बनेको नेताहरु बताउँछन् । भण्डारीको गृह नगर पाटनमा भएको अधिवेशनमा अन्तिमसम्म चन्दले दाबेदारी नछाडेपछि जबरजस्ती रुपमा जिल्ला कमिटी घोषणा गरिएको थियो ।

पञ्चेश्वर अध्यक्ष चन्दले सुदूरपश्चिममा एमालेका धेरै उम्मेदवार हारेको, जनताले मत नदिँदा त्यसो भएको र अब कसलाई कारबाही गर्ने भन्दै प्रश्न समेत गरेका छन् ।

निर्वाचनमा जित, हार निरन्तर चलिरहने प्रकृया भएको र जनताले आफूलाई मन लागेको उम्मेदवार र पार्टीलाई भोट हाल्ने र छान्ने नैसर्गिक अधिकार पाएको उनले बताए । यो अधिकार भन्दा माथि ‘लिलाधर एण्ड कम्पनी’ नरहेको भनाई पनि उनको छ।

‘लोकतान्त्रिक प्रणालीमा जित, हारलाई सामान्य रुपले लिनु पर्छ। यसैपाली पनि हाम्रा ठूलाठूला नेताहरु हारेका छन्। उनीहरुले कसलाई कारबाही गर्ने? जनतालाई?,’ चन्दको प्रश्न छ ।

भट्ट बैतडीको प्रदेशसभा (ख) बाट कांग्रेसका शिवराज भट्टसँग पराजित भएका थिए । एमाले बैतडीले चुनावमा अन्र्तघात भएको भन्दै जिल्ला सचिव चक्र कार्कीको संयोजकत्वमा छानविन समति गठन गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...