ghar sansar

हत्या आरोपमा एमालेबाट निर्वाचित वडा अध्यक्ष पक्राउ

khasi

महेन्द्रनगर । दार्चुलाको व्याँस गाउँपालिका–४ का ४० वर्षीय नरसिंह विष्ट (नरेन्द्र) को हत्या आरोपमा पक्राउ परेका मध्ये दुई जना वर्तमान र निवर्तमान जनप्रतिनिधि भएको खुलेको छ ।

प्रहरीले हिजो थप ३ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ब्याँस गाउँपालिका–४ का ४३ वर्षीय झुनसिंह विष्ट वडा अध्यक्ष रहेको खुलेको हो । उनी ३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावमा नेकपा एमालेका तर्फलाई अध्यक्षमा निर्वाचित भएका थिए ।

Anant bahu travels

यस्तै प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका ५५ वर्षीय संग्रामसिंह विष्ट पनि सोही वडाका निवर्तमान वडा अध्यक्ष रहेको खुलेको छ। अनुसन्धानका लागि प्रहरीले स्थानीय मोहनसिंह विष्टलाई पनि नियन्त्रणमा लिएको छ ।

dirghayi clinic

बुधबार उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

४० वर्षीय विष्ट मङ्सिर ४ गते घरभन्दा अलि टाढा खोल्सामा मृत अवस्थामा फेला परेका थिए। विष्टको शरीरमा चोटपटक लागेको थियो । सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ मा होटल चलाउँदै आएका विष्ट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न मङ्सिर ३ गते दिउँसो खलंगाबाट घर गएका थिए ।

घटना लगत्तै प्रहरीले सोही सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरेको थियो। उनकै बयानका आधारमा थप तीन जना पक्राउ परेका हुन् ।

घटनाको थप अनुसन्धान आवश्यक रहेको हुँदा निवर्तमान र वर्तमान वडाध्यक्षसहित थप तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...