ghar sansar

सालका गोलिया सहित समातिएका व्यक्तिको नाम बाहिर ल्याउन डरायो निकुञ्ज

dirghayu ad

महेन्द्रनगर । बेलौरी नगरपालिका–९ रतनपुरबाट सालका गोलिया र चिरान सहित एक जना पक्राउ परेका छन्। नेपाली सेना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले दुई ट्रालीमा लोड गरिएको सालका गोलिया र चिरानसहित एक जनालाई पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी मनोज ऐरका अनुसार ट्रालीमा लोड गरिएको १ सय २५ दशमलव ७२ क्वीफिट सालको १२ थान गोलिया र ४९ दशमलव ४० क्वीफिट चिरानसहित सोही ठाउका स्थानीयलाई पक्राउ गरिएको छ ।

ratnam malkhad

सूचना अधिकारी ऐरले पक्राउ परेका व्यक्तिको नाम भने बताउन चाहेनन् । अनुसन्धान चलिरहेकोले नाम खुलाउन नमिल्ने उनको दाबी छ ।

‘निकुञ्जका रेजर भुवनेश्वर चौधरीले उक्त घटनाको अनुसन्धान गरिरहेका छन्,’ सूचना अधिकारी ऐरले भने, ‘सो ठाउँमा निकुञ्ज र सामुदायिक वनभित्रका ढलेका रुखहरुलाइ काटेर रातारात चोरी गर्ने गिरोहनै रहेको खुलेको छ, अनुसन्धान कार्य भइरहेकाले नाम खुलाउन मिल्दैन ।’

अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको र केहीँ दिनमै घटनाको थप विवरण आउने उनको भनाई छ । पक्राउ परेका व्यक्तिलाई निकुञ्ज कार्यालयमा राखिएको छ ।

Himal dental
सम्बन्धित
Loading...