दोधारा चाँदनीले महाकाली नदीमा रोयल्टी ठेक्का लगाएपछि झस्कियो भीमदत्त, ठेकेदारलाई घाट रोक्का गर्न माग गर्दै भीमदत्तका मेयर पुगे दोधारा चाँदनी

–पप्पु गुरुङ्ग
दोधारा । भीमदत्त नगरपालिकासित महाकाली नदीको रोयल्टी बाँडफाँट सम्झौता रद्द भएपछि भीमदत्तका मेयर पदम बोगटी दोधारा नगरपालिका नगरपालिका कार्यालय पुगेका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीलाई लिएर दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमाल लिम्बु लगायतसित छलफल गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाले भीमदत्तसित सम्झौता रद्द गरी यस आर्थिक वर्षदेखि आफ्नो क्षेत्रमा ठेक्का आव्हान गरेको थियो । नगरपालिकाले दिमुक निर्माण सेवासित १ करोड ३२ लाख ४३ हजारमा ठेक्का सम्झौता गरेको छ ।

janjyoti campus

ठेक्का सम्झौतापछि मेयर बोगटी प्रमुख प्रशासकीय अधिकृत र कानुनी सल्लाहकार लिएर दोधारा चाँदनी पुगेका छन् । भीमदत्त नगरपालिकाले भने अवैध रुपमा असोजदेखि रोयल्टी रकम संकलन गर्दै आएको छ । नगरपालिकाको अवैध रोयल्टी संकलनको चौतर्फी विरोध भएको छ ।

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच आर्थिक वर्ष २०७६÷०७७ देखि रोयल्टी रकम बाँडफाँटमा सहमति भएर सम्झौता भएको थियो । भीमदत्तमा आएका नयाँ जनप्रतिनिधिले गत वर्षको रोयल्टी रकम नदिएपछि दोधारा चाँदनी सम्झौता नविकरण नगरी आफैंले संकलन गर्न लागेको हो ।

दोधारा चाँदनी नगरपालिका कार्यालयमा दोधारा चाँदनी नगरपालिकाका मेयर लम्बु सहित भीमदत्तका मेयर बोगटी सहितले रोयल्टी रकम संकलनका लागि घाट प्रयोग सम्बन्धी छलफल गरेका छन् ।

भीमदत्त नगरपालिकाले दिमुक निमार्ण सेवाले भीमदत्तको क्षेत्रको घाट रोक्न दोधारा चाँदनी नगरपालिकालाई आग्रह गरेको छ । महाकाली नदीमा भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सिमांकन नभएको र भोली नै सिमांकन गर्न अनुरोध गरेको छ ।

दोधारा चाँदनी नगरपालिकाले आइआइई गरी बोलपत्र आहृवान गरेर ठेक्का दिएको हो । दुबै पालिकाका मेयर र प्रतिनिधिको बैठकले भोलीनै महाकाली नदीमा सिमांकन गर्ने भएको छ । अघिल्लो आर्थिक वर्ष रकम नपाएको र यस वर्ष भीमदत्तले ठेक्का खोल्न नसकेपछि दोधारा चाँदनीले ठेक्का खोलेको बताए ।

ghar sansar
सम्बन्धित
Loading...