ghar sansar

दोधारा चाँदनीका मेयर लिम्बुले आफ्नै कार्यकक्षमा पुगेका भीमदत्तका मेयर बागेटीसित फेरि राखे रोयल्टी रकम दिन माग, बोगटीले भने– ढिलो भए पनि दिन्छौ

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले महाकाली नदीको रोयल्टी बाँडफाँट सम्झौता अनुसार पाउनु पर्ने रकम उपलब्ध गराउन भीमदत्तसित फेरि माग राखेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालय पुगेका भीमदत्तका मेयर पदम बोगटीसित मेयर लिम्बुले माग दोहो¥याएका हुन् । उनी स्थानीय तह निर्वाचन जितेपछि रोयल्टी रकमका लागि तीन पटक भीमदत्त पुगेका छन् ।

दोधारा चाँदनी नगरपालिको रोयल्टी ठेक्का सम्झौता गरेपछि ठेकेदारलाई घाट प्रयोग गर्न नदिनु पर्ने माग लिएर मेयर बोगटी शुक्रबार दोधारा चाँदनी पुगेका छन् । मेयर लिम्बुको कार्यकक्षमा दुबै स्थानीय तहका प्रमुख लगायतसित छलफल गरिएको छ ।

lotus institite

छलफलका क्रममा मेयर लिम्बुले विगतको सम्झौता अनुसार भीमदत्तले दोधारा चाँदनी नगरपालिकालाई दिनु पर्ने रकम उपलब्ध गराउन माग राखे । भीमदत्तका मेयर बोगटीले ढिलो भए पनि दोधारा चाँदनी नगरपालिकाले पाउनु पर्ने रकम पाउने बताए ।

daimond public

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच आर्थिक वर्ष २०७६÷०७७ देखि रोयल्टी रकम बाँडफाँटमा सहमति भएर सम्झौता भएको थियो । त्यस अनुसार भीमदत्तले सबै ठेक्का व्यवस्थापन गरी दोधारा चाँदनीलाई ३८ प्रतिशत रोयल्टी रकम दिने सम्झौता गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको नदीजन्य वस्तु सम्बन्धी कार्यविधि अनुसार महाकाली नदीबाट आम्दानी हुने रकमको ४० प्रतिशत प्रदेश सरकारलाई दिएर बाँकी रहेको ६० प्रतिशत रकम दुबै स्थानीय तहबीच बाँडफाँट गरिएको थियो ।

भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षको रकम नदिएपछि यस वर्ष दोधारा चाँदनीले एक करोड ३३ लाखमा ठेक्का लगाएको छ । ठेकेदारसित सम्झौता भएपछि मेयर बोगटीले दोधारा चाँदनी पुगेर दिमुक निर्माण सेवालाई भीमदत्तको क्षेत्रको घाट रोक्न आग्रह गरेका छन् ।

महाकाली नदीमा भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सिमांकन नभएको र भोली नै सिमांकन गर्न अनुरोध गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाले आइआइई गरी बोलपत्र आहृवान गरेर ठेक्का दिएको हो । दुबै पालिकाका मेयर र प्रतिनिधिको बैठकले भोलीनै महाकाली नदीमा सिमांकन गर्ने भएको छ । अघिल्लो आर्थिक वर्ष रकम नपाएको र यस वर्ष भीमदत्तले ठेक्का खोल्न नसकेपछि दोधारा चाँदनीले ठेक्का खोलेको बताए ।

Himal dental
सम्बन्धित
Loading...