ghar sansar

समानुपातिकमा सुदूरपश्चिमलाई ओलीको उपेक्षा, बाजुराका शाहीलाई मात्रै बनाइयो समानुपातिक साँसद

khasi

महेन्द्रनगर । एमालेबाट बाजुराका दयाल बहादुर शाही प्रतिनिधि सभामा समानुपातिक साँसद भएका छन् । उनी खस आर्य पुरुषबाट समानुपातिक साँसद भएका हुन् । खस आर्य पुरुषबाट उनीहरु रघुजी पन्त र एकनाथ ढकाल साँसद भएका छन् । एमाले नभएका ढलका नेपाल परिवार दलका अध्यक्ष हुन् ।

समानुपातिक साँसद भएका बाजुराका शाही एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पहुँच भएका नेता हुन् । उनी बाहेक सुदूरपश्चिमका सबै जिल्लाबाट समानुपातिकका लागि बन्द सूचीमा नाम राखिए पनि शाही एक्लो समानुपातिक साँसद हुन सफल भएका छन् ।

Anant bahu travels

समानुपातिक साँसद शाही सहित प्रतिनिधि सभामा सुदूरपश्चिमबाट तीन जना साँसद पुगेका छन् । बैतडीका दामोदर भण्डारी र कञ्चनपुर १ का तारालामा तामाङ्ग प्रत्यक्ष निर्वाचित भएका छन् । सुदूरपश्चिममा दुई जना निर्वाचित भएकाले समानुपातिक साँसद बढी पाउने एमालेको अपेक्षा थियो ।

एमालेले सुदूरपश्चिम प्रदेशलाई एक समानुपातिक साँसद दिएर ३३ जना अन्य ६ प्रदेशलाई दिएको छ । समानुपातिकमा सबैभन्दा बढी मत ल्याएको एमालेले समानुपातिकमा ३४ सीट पाएको थियो । एमालेले समानुपातिकमा बढीमा पाँच सीटसम्म पाउने आश गरेको थियो ।

अहिले सुदूरपश्चिमबाट सबै अध्यक्ष ओली समर्थक नेताहरु बालकोटासम्म पहुँच बनाएका छन् । अध्यक्ष ओलीले सुदूरपश्चिममा पनि आफू समर्थक नेतालाई प्रदेश कमिटी जिम्मा दिएका छन् ।

सुदूरपश्चिममा अध्यक्ष ओली विरोधी खेमाका तत्कालिन माधव नेपाल समूहका नेताहरु दुई कित्तामा बाँडिएर कमजोर अवस्थामा पुगेका छन् । एमाले छाडेर समाजवादी हुन नसकेका अधिकाँश ओली विरोधी नेताहरु उनलाई मानेर अघि बढेका छन् ।

एमालेको सुदूरपश्चिम प्रदेश नेतृत्व अध्यक्ष ओलीप्रति देशभरमै सबैभन्दा बढी वफादार छ । स्थानीय तह निर्वाचनमा प्रदेश कमिटीको स्थानीय तहका प्रमुख उप प्रमुखको टिकट टुङ्गो समेत बालकोट लगेर लगाइएको थियो ।

dirghayi clinic

माओवादी छाडेर एमाले भएका लेखराज भट्टलाई ओलीले केन्द्रीय सचिव बनाएर सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाएका छन् । सुदूरपश्चिममा एमालेका प्रभावशाली नेता भीम रावललाई कमजोर बनाउन ओलीले भट्टलाई जिम्मेवारी दिएका थिए । उनी एमालेमा ओलीका कट्टर आलोचक हुन् । त्यहीं कारण अछामबाट एकल सिफारिश भएका रावललाई ओलीले टिकट रोकि दिएका थिए ।

एमालेका प्रदेश अध्यक्ष भण्डारी सधैं ओलीसंग छन् । बैतडीका उनी सुरुदेखि ओली समूह भएका उनलाई प्रदेश अध्यक्ष बनाइएको थियो ।

एमालेका नेताहरुले अध्यक्ष ओलीसम्म आर्शिवाद थाप्ने नेताहरुको मात्रै हाली मुहाली भएकाले समानुपातिक साँसद मनपरी छनौट गरिएको बताए । ‘नेता भएर बोल्न सक्नु हुनु पर्ने हो नि । अहिले ओलीसित आर्शिवाद लिने बाहेक अरु नेता नै छैन, अनि कसरी साँसद बढी हुन सक्छन्’ ती नेताले भने,‘अध्यक्ष ओलीसित कुरा राख्ने सक्ने हैसितय नभएकाले यो अवस्था आएको हो ।’

अध्यक्ष ओलीले निर्वाचनमा आफू नजिक भएका अधिकाँश नेतालाई यस पटक टिकट दिएर चुनाव लडाएका छन् । उनीहरुमध्ये अधिकाँश नै चुनाव हारेका छन् । समानुपातिकमा भने ओलीले आफू नजिकका नेतालाई पनि साँसद बनाउन अनिच्छा देखाएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन लडेका एमालेका केन्द्रीय कमिटी सदस्य र प्रदेश कमिटीका नेताहरु चुनाव हारेका छन् । चार महिना अघि मात्रै एमाले फर्केर कञ्चनपुर १ मा तारालामा तामाङ्ग साँसद भएका छन् । एमाले कञ्चनपुरका पूर्व अध्यक्ष उनी एमाले विभाजनपछि समाजवादी भएका थिए ।

एमालेले आदिवासी जनजाति (पुरुष) तर्फ देवीप्रसाद भट्ट चन्द, हेमराज राई, कालुराम राई, आदिवासी जनजाति (महिला) तर्फ नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, इश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बालाई समानुपातिक साँसद बनाएको छ ।

यसैगरी खस आर्य महिलाबाट मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दिपा शर्मा र सुनिता बराल साँसद भएका छन् ।

थारु महिलामा आश्मा कुमारी चौधरी र शान्ति चौधरी, दलित पुरुषमा इश्वर बहादुर रिजाल, प्रभु हजारा पाश्वान, चन्द्रबहादुर विश्वकर्मा, दलित महिलामा रुकमणी राणा बराइली र हर्कमाया विश्वकर्मा साँसद भएका छन् ।

मधेशी पुरुषमा गंगा प्रसाद यादव, अमृतराज लालवंशी, मधेशी महिलामा विना देवी, महिलामा अमृतादेवि अग्रहरी, प्रतिक्षा तिवारी मुखिया र मुस्लिममा सराज अहमद फारखी समानुपातिक साँसद भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...