ghar sansar

भीमदत्तको अवैध रोयल्टी संकलनमा समन्वय प्रमुख बोहरा किन छन् मौन ?

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका अवैध रोयल्टी संकलनमा मौन बसेका जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा दोधारा चाँदनी नगरपालिकाको ठेक्का सम्झौतापछि सक्रिय देखिएका छन् । दोधारा चाँदनी नगरपालिकालाई मेयरलाई उनले दुई पटकसम्म समितिमा बोलाएका छन् । समन्वय समितिका प्रमुख बोहरा आफैं स्थलगत निरीक्षणका लागि महाकाली नदी पुगेका छन् ।

भीमदत्त नगरपालिकाले गत असोजदेखि अवैध रुपमा महाकाली नदीमा रोयल्टी संकलन गर्दै आएको छ । समन्वय प्रमुख बोहरा तीन महिनादेखि अवैध ठेक्कामा मौन बसेका छन् ।

lotus institite

अवैध रोयल्टी संकलन लगायत प्राकृतिक स्रोतको दोहन रोक्न अनुगमन गर्ने जिम्मा बोहरा नेतृत्वको समितिलाई छ । भीमदत्तले तीन महिनादेखि अवैध संकलन गर्दा पनि बोहरा नेतृत्वको समिति मौन बसेको छ । समितिमा प्रशासन र प्रहरी कार्यालयका प्रतिनिधि सदस्य छन् । प्रशासन र प्रहरी पनि बोहरालाई साथ दिएर अवैध अनुगमनमा आँखा चिम्लेर बसेका छन् ।

भीमदत्त नगरपालिकाले यस महाकाली नदी आइई वा एआए नगरी तटीय क्षेत्रका वडा कार्यालयलाई जिम्मा दिएर रोयल्टी संकलन गरि रहेको छ । सुरुमा कर्मचारी परिचालन गरी संकलन थालेको भीमदत्तले पछि वडालाई जिम्मा लगाएको छ । आइइइ वा इआए नगरी महाकाली सहित कुनै पनि नदी खोलामा नदीजन्य पदार्थ उत्खखन गर्न अवैध हो ।

‘भीमदत्तले अवैध रुपमा रोयल्टी संकलन गरेको गुनासो चौतर्फी आएका छन्, प्रमुखज्यूलाई केही मतलब नै छैन’ समन्वय समितिका एक सदस्यले भने,‘अहिले भने वहाँ सक्रिय देखिनु भएको छ, तर यो अवैध धन्दा चाहिँ केही मतलब छैन ।’

daimond public

दोधारा चाँदनी नगरपालिकाले आफ्नो क्षेत्रमा ठेक्का खोलेर सम्झौता गरेपछि केही दिन अघि भीमदत्तका मेयर पदम बोगटी प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीलाई लिएर दोधारा चाँदनी नगरपालिका पुगेका थिए । उनले दोधारा चाँदनी नगरपालिकालाई ठेकेदारलाई घाट प्रयोग गर्न नदिन र नदीको सीमाङ्कन गर्न पर्ने माग राखेका थिए ।

मेयर बोगटी दोधारा चाँदनी गएपछि अर्को दिन समन्वय प्रमुख बोहराले दोधारा चाँदनीका मेयर लिम्बुललाई समन्वय बोलाएर बैठक गरेका छन् । त्यसपछि दुबै नगरपालिकाले प्राविधिकले नदीमा रेखाङ्कन गरी उत्खननका लागि आ–आफ्नो क्षेत्र छुट्याएका छन् । त्यस अघि समन्वय समिति प्रमुख बोहरा आफैं महाकाली नदी पुगेका हुन् । बोहराले लिम्बुलाई मंगलबार पनि समन्वय समिति बोलाएका छन् ।

समन्वय समितिमा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौली नै समन्वय अधिकारी छन् । समन्वय समितिका बोहरा र भीमदत्तका मेयर बोगटी दुबै काँग्रेसका नेता हुन् । उनीहरु दुबै कञ्चनपुर काँग्रेसमा रमेश लेखक समूहका हुन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बोहरा लेखक जिताउन चुनाव प्रचारमा सक्रिय भएर लागेका थिए ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदानको केही दिन अघि उनले भीमदत्तको अवैध रोयल्टी संकलनबारे जानकारी लिने बताएका थिए । चुनावमा मतदान भएर तीन साता हुँदा पनि बोहराले अवैध रोयल्टी संकलनमा मौनता साँधेका छन् ।

दोधारा चाँदनीले ठेक्का खोलेपछि दुबै नगरपालिकाबीच अघिल्लो कार्यकालमा भएको रोयल्टी बाँडफाँट सम्झौता खारेज गरी महाकाली नदीमा भागबण्डा गरेका छन् । पाँच वर्ष अघि स्थानीय तह निर्वाचनपछि महाकाली नदीको नदीजन्य पदार्थ उत्खननमा विवाद आएपछि दुबै नगरपालिकाबीच रोयल्टी बाँडफाँट सम्झौता गरिएको थियो ।

यस वर्ष दोधारा चाँदनी नगरपालिकाले भीमदत्तसित सम्झौता नविकरण गरी ठेक्का खोलेपछि भीमदत्तसित फेरि विवाद उत्पन्न भएको थियो । त्यसपछि दुबै नगरपालिकाले उत्खनन गर्न पाउने क्षेत्र छुट्याएर महाकाली नदीमा भागबण्डा गरेका छन् ।

दुबै नगरपालिकाको प्राविधिक सहितको टोलीले सोमबार झोलुंगे पुल र ४ लेनको पक्की पुललाई आधार मानेर नदीको बीच भाग छुट्याएका छन् । जीपीएस विधिबाट केन्द्रबिन्दु पहिचान गरिएको हो।

Himal dental
सम्बन्धित
Loading...