ghar sansar

जागिर प्रलोभन र फेसबुक दुरुपयोगले बढ्यो मानव बेचबिखन,आफन्तबाटै बेचिएका छन् अधिकाँश

little buddha academy
khasi

महेन्द्रनगर । मानव बेचबिखनमा संलग्न गिरोहले विभिन्न प्रलोभनमा पारी भारत लगेर बेचेका २२ जना उद्धारपछि घर फर्किएका छन् । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणमा सक्रिय संस्था माइती नेपालले पछिल्लो वर्ष भारतबाट विभिन्न सहरबाट उनीहरु उद्धार गरेको हो ।

माइती नेपाल कञ्चनपुरले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी २२ जनालाई उद्धार गरिएको जानकारी सार्वजनिक गरेको छ । उनीहरुमध्ये सबैभन्दा बढी भारतीय राजधानी नयाँ दिल्लीबाट उद्धार गरिएका छन् । नयाँ दिल्लीबाट ६ जनाको उद्धार गरिएको छ ।

माइती नेपालकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट ६ जना, पुनाबाट ४ जना, सिमलाबाट २ जना, हल्द्धानीबाट २ जना, मुम्बईबाट २ जना, हरियाणाबाट १, चण्डीगढबाट २, बैंगलोरबाट २ र अयोध्याबाट १ जनाको उद्धार गरिएको छ ।

dirghayi clinic

बालबालिका तथा महिला गरी २ सय ५ जनाको खोजतलासका लागि माइती नेपालमा निवेदन परेको थियो । जसमध्ये ३५ जनाको खोजी गरी माइती नेपालले परिवारको जिम्मा लगाएको छ ।

४२ वटा घरेलु हिंसाका निवेदन परेकोमा २७ वटाको समाधान गरिएको संयोजक भट्टले बताइन्। उनका अनुसार सीमा क्षेत्रबाट १ सय ५६ जनाको उद्धार गरिएको छ ।

जसमा गड्डाचौकी सीमाबाट ८८ र झोलुंगे पुलबाट ६८ जनाको उद्धार गरिएको छ । जसमा १८ वर्ष मुनिका बालबालिका ७५ जना रहेका छन्। उद्धार गरिएका मध्ये दुई वटा मात्रै मानव बेचबिखनमा मुद्दा दर्ता भएको छ। महिला तथा बालबालिका परिवारकै सदस्यबाट बेचबिखनमा पर्ने गरेको संयोजक भट्टले बताइन् ।

‘अधिकांश परिवारकै सदस्य तथा आफन्तबाट बेचबिखनमा परेको पायौं,’ उनले भनिन्, ‘रोजगारीको प्रलोभनमा पारेर भारतमा पुगाएका घटना धेरै छन्, सामाजिक सञ्जालको दुरुपयोगका कारण समेत मानब बेचबिखन बढाएको छ ।’

Himal dental
सम्बन्धित
Loading...