ghar sansar

अत्तरियाका सुनचाँदी व्यवसायीमाथि गोली प्रहारमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर सुनचाँदी व्यवसायी संघले कैलालीको अत्तरियास्थित न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक विकास सुनारलाई गोली प्रहार गरी घाइते बनाएको घट्ना सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

संघका अध्यक्ष सुरत बहादुर सुनारले सोमबार विज्ञप्ति प्रकाशित गरी सञ्चालक सुनारलाई ज्यान मार्ने गरी गोली प्रहारमा गरिएकोमा चिन्ता व्यक्त गर्दै संलग्नलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

आइतबार साँझ अत्तरितास्थित पूर्व रोडमा अज्ञात दुई जनाले गोली हान्दा ३१ वर्षीय सुनार घाइते भएका थिए । उनको पाखुरा र पेटमा गोली लागेको छ । उनी उपचारका लागि भर्ना गरिएका छन् ।

सञ्चालक सुनारलाई गोली प्रहार गरी भागेका उनीहरुले गरहगना राखिएको ब्याग लुटपाट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सुनचाँदी व्यवसायी संघले घाइते सुनारको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...