ghar sansar

प्राविधिक त्रुटीले दुई शब्द छुटेर तालिमको ब्यानर सामाजिक सञ्जालमा भाइरल भएपछि आयोजकले दियो विज्ञप्ति निकालेर प्रष्टीकरण

khasi

महेन्द्रनगर । प्राविधिक त्रुटीवश छुटेका दुई शब्दले तालिमको ब्यानर सामाजिक सञ्जालमा भाइरल भएपछि आयोजक संस्था द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले विज्ञप्ति निकालेर प्रष्टीकरण दिएको छ । केन्द्रले बिहीबार प्रेस विज्ञप्ति निकालेर प्राविधिक त्रुटीवश मानव बेचबिखन ओसारपासर न्यूनीकरण तथा रोकथाम सम्बन्धी तालिम हुनु पर्नेमा न्यूनीकरण र रोकथाम शब्द छुटेको स्पष्ट पारेको छ ।

होटेल स्वीट ड्रिममा बुधबार उद्घाटन गरिएको तीन दिने तालिमको ब्यानर बिहीबार सामाजिक सञ्जालमा भाइरल भएको भएको थियो । प्राविधिक त्रुटीवश तालिमको ब्यानरमा मानव बेचबिखन ओसारपासर सम्बन्धी तालिम उल्लेख गरिएको थियो । सामाजिक सञ्जालमा आएपछि संस्थाले प्राविधिक त्रुटीवश न्यूनीकरण र रोकथाम दुई शब्द छुट्न गएर गलत सन्देश प्रवाह भएकोमा क्षमा याचना समेत मागेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा सञ्चालित तालिमको बुधबार जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहराले उद्घाटन गरेका थिए । फेसबुकमा ब्यानर भाइरल भएपछि मन्त्रालयका अधिकारीहरुले आयोजकलाई फोन गरी गल्ती सच्याउन सुझाव दिएका थिए ।

dirghayi clinic

संस्थाका अध्यक्ष सीता बोहराले ब्यानर छपाईका क्रममा भएको प्राविधिक त्रुटीले तालिमको लक्ष्य र उद्देश्य अनर्थ हुन पुगेको बताइन् । ‘मानव बेचबखिन जस्तो गम्भीर अपराधलाई रोकथाम नियन्त्रण गर्न सहयोग पुग्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो, प्राविधिक त्रुटीले दुई शब्द ब्यानरमा छुट्दा अनर्थ हुन पुग्यो’ उनले भनिन्,‘यो प्राविधिक त्रुटीका लागि हामी क्षमाप्रार्थी छौ, आगमी दिनमा यस्ता कमजोरी हुन दिने छैनौ ।’

अध्यक्ष बोहराले केही शब्द छुटेर अनर्थ हुन पुगेको ब्यानर फेसबुकमा राखेर संस्था र आफूहरुलाई सचेत गराएकोमा समाजिक सञ्जाल प्रयोगकर्तालालाई समेत धन्यवाद दिएकी छन् । ‘सामाजिक सञ्जाल सहित विभिन्न माध्यममा ब्यानरलाई जोडेर गरिएको टिका टिप्पणी, प्रचार, चासो चिन्ता सबैलाई सम्मान गर्दै मानव बेचबिखन ओसारपसार रोकथामका लागि सधैं प्रद्धिवद्ध रहनेछौ’ विज्ञप्तिमा भनिएको छ,‘साथै आगामी दिनमा कार्यक्रम सञ्चालन गर्दा हुने शाब्दिक कमीकमजोरी हुन नदिने पनि प्रतिवद्धता व्यक्त गर्दछौ ।’

एकल महिलाको हक अधिकारका लागि केन्द्र दुई दशक बढीदेखि सक्रिय रुपमा लागेको छ । तीन दिनसम्म चल्ने तालिममा भीमदत्त नगरपालिकाका महिला सहभागी भएका छन् ।

संस्थाका कार्यक्रम संयोजक डम्मरी विष्ट कुँबरले मानव बेचबिखन ओसारपसार रोकथाम र न्यूनीकरणका लागि सहयोग पुग्ने लक्ष्य लिएर तालिम सञ्चालन गरिएको बताइन् । ‘ब्यानरमा केही शब्द छुट्न गएर अनर्थ भएको हो, यो तालिमको उद्देश्य बेचबिखन नियन्त्रण र रोकथाम गर्ने हो ।’

 

Himal dental
सम्बन्धित
Loading...