ghar sansar

बैतडीको मेलौलीमा अस्पतालका लागि दुई वडाका वासिन्दाबीच झडप, २० जना घाइते

महेन्द्रनगर । बैतडीको मेलौलीमा १५ शैय्या अस्पताल निर्माणलाई लिएर चर्किएको आन्दोलन झपडसम्म पुगेर २० जना भन्दा बढी घाइते भएका छन् । अस्पताल निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका दुई वडाका वासिन्दाबीच नगरपालिका कार्यालयमा बिहीबार एक आपशमा झपड भएको हो ।

मेलौली नगरपालिका १ र वडा नं. ७ का वासिन्दाले आ–आफ्नो वडामा अस्पताल बनाउने अडान लिएका छन् । दुई वडाका अडान नगरपालिका कार्यालयमा तालाबन्दीसम्म पुगेर झडपसम्म पुगेको छ । हालको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमै १५ शैयाको अस्पताल निर्माण गर्नुपर्ने वडा नं ७ का स्थानीयको माग छ ।

mahostaw

त्यहाँका स्थानीयले मंगलबार नगरपालिकामा तालाबन्दी गरे । त्यहीँ तालाबन्दीको बिरोधमा बुधबार वडा नं १ का बासिन्दाले नाराबाजी गरेका थिए। उनीहरुले वडा नं १ को बिट्टेनीमा अस्पताल निर्माण गर्नुपर्ने माग राखेका छन् ।

बिहीबार दुवै पक्षले एक अर्का बिरुद्ध नाराबाजी गर्दा झडप भएको प्रहरीले जनाएको छ । झडपमा दुबै वडाका केही बासिन्दा घाइते भएको बुझिएको छ। तर, घाइतेहरुको एकिन विवरण आएको छैन् ।

Himal dental
सम्बन्धित
Loading...