ghar sansar

मानव बेचविखन तथा ओसारपसार न्यूनीकरण र रोकथाम सम्बन्धी तीन दिने तालिम सम्पन्न

dirghayu ad

महेन्द्रनगर । द्वन्द पीडित तथा एकल महिला विकास केन्द्रले सञ्चालन गरेको तीन दिने मानव बेचविखन तथा ओसारपसार न्यूनीकरण र रोकथाम सम्बन्धी क्षमता अभिबृद्धि तालिम सकिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा भीमदत्त नगरपालिकासित समन्वय गरी तालिम सञ्चालन गरिएको छ ।

तालिमममा भीमदत्त नगरपालिकाका विभिन्न वडाका महिला सहभागी भएका छन् । सहभागीहरुलाई मानव बेचविखन रोकथाम र न्युनिकरण, कानुन प्रावधान लगायतका विभिन्न विषयमा जानकारी दिइएको छ ।

ratnam malkhad

केन्द्रका अध्यक्ष सिता बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुुर्गा दत्त बोहराले तालिम उद्घाटन गरेका थिए ।

भीमदत्त नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कुन्ती लेखक, साथी संस्थाका कार्यक्रम संयोजक उर्मिला शाही, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिनु शाही लगायतले तालिम सहजीकरण गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...