महेन्द्रनगर । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड देशभरिमै उत्कृष्ट घोषणा गरिएको छ ।
राष्टिय सहकारी बैंक लिमिटेडले आफ्नो १९ औ साधारण सभाका अवसरमा शनिबार सहकारी बैंकहरुसँग कारोवार गर्ने देशभरिका सहकारीहरु मध्य कन्चनपुरको महेन्द्रनगरमा केन्द्रिय कार्यालय रहेको उदयदेवलाई उत्कृष्ट सहकारी घोषणा गरेको हो ।
बर्षभरि गरेको बचत ऋण र अन्य कारोवारका आधारमा उदयदेव उत्कृष्ट घोषणा गरिएको सहकारी बैंकलेल जनाएको
छ ।
सहकारी बैंकले सुदूरपश्चिम प्रदेश स्तरमा कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट घोषणा गरेको छ ।
बचत तथा ऋण सहकारीमध्ये प्रदेश स्तरमा युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड महेन्द्रनगरलाई उत्कृष्ठ घोषणा गरेको छ ।
त्यस्तै, सहकारी बैंकको धनगढी शाखा अन्तर्गतका सहकारीमध्ये सृजनशील महिला बिकास बहुउद्देश्यीय सहकारी जमुनानगर उत्कृष्ट घोषणा भएको छ । नियमित कारोबारका आधारमा शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेडलाई सम्मानित गरेको छ ।
बैंकको महेन्द्रनगर शाखा अन्तर्गत मेगा बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट घोषित भएको छ । नियमित कारोवार तर्फ भने निङलासैनी बहुउदेश्यीय सहकारी उत्कृष्ट घोषित भएको छ ।