ghar sansar

कृष्णपुरका मेयर ओझाले अघि सारे एक वडा एक खेल अवधारणा, भन्छन्– खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि योजना बनाएर अघि बढ्छौ

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाको समग्र खेलकुद क्षेत्रलाई विकास गर्न एक वडा एक खेलको अवधारणा अनुसार अगाडि बढ्ने नगरप्रमुख हेमराज ओझाले बताएका छन् ।

आइतवार कृष्णपुर नगरपालिका वडा नम्बर ५ को आयोजनामा सयपत्री सामुदायिक वनको खेलमैदानमा सञ्चालन भएको प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको प्रमुख अतिथिको रूपमा उद्घाटन गर्दै नगरप्रमुख ओझाले एक खेल एक वडाको अवधारणा बारे बताएका हुन् ।

नगरप्रमुख ओझाले कृष्णपुर खेलकुदको उर्वर भूमि र ओलम्पियन दिपक बिष्ट जन्माउने भूमि भएकाले यस नगरका खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक पहल गर्न र आगामी दिनमा नगरपालिकाको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि योजना बनाएर अघि बढ्ने बताएका हुन् ।

dirghayi clinic

नगरप्रमुख ओझाले खेलसँगसँगै युवाहरुले अहिलेको अत्यन्तै जटिल समस्या लागू औषध निराकरणमा पनि भूमिका खेली सभ्य सुसंस्कृत समाज निर्माणमा सहयोग पुर्याउनुपर्ने बताएका छ्न् ।

विभिन्न स्तरका खेल प्रतियोगिता सञ्चालन गरेर कृष्णपुरमा उत्कृष्ट खेलाडी उत्पादन गर्न नगरबाट पहल गरिने नगर प्रमुख ओझाले बताए ।

पुर्वाधार नभएर पनि खेलाडीले आफ्नो खेल कौशल देखाउन नपाइरहेको अवस्थामा कृष्णपुरका सबै खेलाडीहरुलाई पायक पर्ने स्थानको छनोट गरि मिनि रंगशालाको निर्माण बारे अध्ययन गरिरहेको बताए ।

कृष्णपुर नगरपालिका वडा न ५ का वडाध्यक्ष टेक पाण्डेको अध्यक्षमा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि नगर प्रमुख हेमराज ओझा,विशिष्ट अतिथिमा नगर उप प्रमुख,कार्यकारी प्रमुख अतिथिमा सम्पुर्ण वडाका वडाध्यक्षहरु,जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष कुबेर खड्का,खेल क्षेत्रका विभिन्न व्यक्ति लगायत स्थानीय सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...