
महेन्द्रनगर । नेपाली कांग्रेसले मुख्य सचेतक नियुक्त गरेको छ । सभापति शेर बहादुर देउवाले केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सांसद रमेश लेखकलाई मुख्य सचेतक नियुक्त गरेका हुन् ।
कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले सभापति देउवाले मुख्य सचेतकमा लेखकलाई नियुक्त गरेको जानकारी दिए ।

लेखक सभापति देउवानिकट मानिन्छन्। गत मंसिरमा भएको चुनावमा लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए ।
मंसिर ४ गतेको निर्वाचनमा लेखक तेस्रो पटक फराकिलो मत अन्तरले प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । २०७४ को निर्वाचन बाहेक उनी २०६५ र २०७० मा यस क्षेत्रमा निर्वाचित भई सकेका छन् ।
