ghar sansar

सुुदूरपश्चिमको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका सबै दलको दावी, काठमाडौं पुगेर मुख्यमन्त्रीका आकाँक्षीले बढाए दौडधुप

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि पुस २७ गतेभित्र दाबी पेश गर्न दलहरुलाई आह्वान गरेपछि नेताहरुले दौडधुप बढाएका छन्। सुदूरपश्चिम प्रदेशको नेतृत्वमा दाबी गरिरहेका नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्तिले दौडधूप तीव्र पारेका छन् ।

आफ्नो नेतृत्वमा सरकार बनाउन लबिङ गर्नका लागि प्रदेशस्तरका नेताहरु संघीय राजधानी काठमाडौं केन्द्रीत हुन थालेका छन् ।

,orning glory badhai

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्टले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरेका छन् । नेकपा एमाले नेतृत्वको गठनबन्धनमा सबैभन्दा ठूलो दलको हैसियतले माओवादीले मुख्यमन्त्रीमा दाबी गरिरहेको छ ।

माओवादी सुदूरपश्चिमका इन्चार्ज समेत रहेका संसदीय दलको नेता भट्टसहित माअ‍ोवादी प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) र सांसद ओमविक्रम भाट (सरल)ले माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री दाहालसँग सुदूरपश्चिम प्रदेश सरकार गठन र प्रदेशको पछिल्लो परिस्थितिका विषयमा छलफल भएको सांसद भाटले बताए। ‘हाम्रै नेतृत्वमा प्रदेश सरकार गठनका लागि पहल गर्न प्रधानमन्त्री ज्यूलाई भेटेर कुरा राख्यौं, यस विषयमा उहाँ सकारात्मक हुनुहुन्छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालसँग नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको मुद्दाका विषयमा पनि आफूहरुले जिज्ञासा राखेको उनले बताए। ‘रेशम चौधरीको मुद्दा के भइरहेको छ? भनेर सोध्यौं, नागरिक उन्मुक्तिका साथीहरुले प्रदेश सभामा राखेको अभिव्यक्तिका बारेमा पनि उहाँलाई जानकारी गराएका छौं,’ उनले भने, ‘प्रधानमन्त्री ज्यूले गठबन्धनमा छलफल भइरहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताउनुभएको छ।’

नेकपा एमाले नेतृत्वको गठबन्धनसंग सुदूरपश्चिममा सरकार बनाउन बहुमत छ। तर, ७ सांसद रहेको नागरिक उन्मुक्ति यसका लागि निर्णायक शक्तिका रुपमा रहेको छ ।

dirghayi clinic

नागरिक उन्मुक्तिले वि.सं. २०७२ सालमा भएको टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीको रिहाइको मुद्दा चर्को रुपमा उठाइरहेको छ। उसले चौधरीको रिहाइका साथै सुदूरपश्चिमको मुख्यमन्त्री आफूले पाउने पर्ने अडान लिएको छ ।

जसले गर्दा एमाले नेतृत्वको गठबन्धनलाई सरकार बनाउन सकस परेको छ। १८ पुसको पहिलो प्रदेश सभा बैठकमा नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीले माघमा रेशम चौधरी रिहा नभए आगामी बैठक अवरुद्ध गर्ने चेतावनी नै दिएका थिए ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन् ।

गठबन्धनबाट नेकपा एमालेले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । गठबन्धनबाट प्रदेशको नेतृत्व आफ्नो पक्षमा पार्नका लागि पहल गर्न एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र संसदीय दलका नेता राजेन्द्रसिंह रावल आज संघीय राजधानी काठमाडौं जाने तयारीमा छन् ।

एमालेका सुदूरपश्चिम प्रदेश सचिव तथा सांसद धर्मराज पाठकले सुदूरपश्चिममा अघिल्लो सरकारको नेतृत्व माओवादी केन्द्रले गरिसकेकाले स्वभाविक रुपमा यस पटक एमालेको दाबी रहेको बताए ।

संसदीय दलका नेता रावल र सांसद पाठक सहित गठबन्धनका चारै दलका नेताहरुका बीचमा हिजो धनगढीको आस्था होटलमा नेतृत्व कसले लिने भन्नेबारेमा दोस्रो पटक औपचारिक छलफल भएको थियो ।

उक्त छलफलमा उन्मुक्तिले आफ्नो अडान पुनः दोहो–याएको स्रोतले जनाएको छ । सत्ता गठबन्धनका शीर्ष नेतृत्वले मुख्यमन्त्री कुन दलले पाउने भन्नेबारेमा काठमाण्डौंमै प्याकेजमा डील हुने संकेत दिएपनि प्रदेश स्तरका नेताहरुले पनि यस विषयमा छलफल जारी नै राखेका छन् । 

‘सम्भवत भोलि सम्म यसबारे टुंगो लागि सक्ने छ,’ एमालेका एक नेताले भने ।

Himal dental
सम्बन्धित
Loading...