ghar sansar

काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखक भन्छन्– कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौँ

महेन्द्रनगर । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् ।

संसद भवनमा आयोजित सर्वदलीय बैठक सकेर बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै लेखकले आफूहरू अहिलेको आन्तरिक तयारीमा रहेको बताए ।

lotus institite
daimond public

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नु भएको हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा लेखकले भने, ‘हामीले कसैलाई पनि प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं, हामी पार्टीलाई नयाँ संसदमा एकतावद्ध र सशक्त रुपले कसरी अगाडि लिएर जाने भन्ने आन्तरिक तयारीमा छौं ।’

उनले वर्तमान सत्तासमीकरण भत्काउने खेलमा कांग्रेस नलागेको प्रष्टीकरण पनि दिए। ‘समीकरण भत्काउने र नयाँ बनाउने काममा हामी छैनौं, भोलि संसदीय दलको बैठक छ ।

२६ गते बिहान फेरि संसदीय दलको बैठक बस्छौँ। लेखकले भने, ‘२६ गते बिहान नै सरकारलाई विश्वासका मत दिने कि नदिने भन्ने निर्णय सार्वजनिक हुन्छ।’

Himal dental
सम्बन्धित
Loading...