ghar sansar

प्रधानमन्त्री दाहाललाई प्रचण्ड विश्वास

janjyoti campus

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा मंगलबार भएको मत विभाजनमा प्रचण्डले राखेको विश्वासको मत दिइयोस् भन्ने प्रस्तावको पक्षमा २ सय ६८ सांसदले मतदान गरे । विपक्षमा २ मत प¥यो । मत विभाजनमा २ सय ७० जना सांसद सहभागी भएका थिए ।

विपक्षमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मतदान गरेका हुन्। उनीहरुले प्रस्तावमाथिको छलफलमै बोल्ने क्रममा पक्षमा मत दिन नसक्ने बताएका थिए ।

western public academy
dirhayu

एमालेसहित सात दल र केही स्वतन्त्र सांसद गरी १ सय ६९ सांसदको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।

विश्वासको मत दिए पनि कांग्रेस र एकीकृत समाजवादीले प्रतिपक्षमा बस्ने बताएका छन् । तर झण्डै दुई तिहाई नजिक रहेको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षी बेन्चबाट आलोचना गर्न नैतिक संकट आइ पर्नेछ ।

संविधानको धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपाधारा ४ बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् । विश्वासको मत प्राप्त गरिसकेपछि सत्ता साझेदार दलले समर्थन फिर्ता नलिएमा वा प्रधानमन्त्रीले राजीनामा नदिएमा दुई वर्षसम्म सरकार निरन्तर अघि बढ्नेछ ।

Himal dental
सम्बन्धित
Loading...