ghar sansar

पुनर्वासमा जनजागरण सामुदायिक वनका पदाधिकारीको मिलेमतोमै तस्करी

khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिका वडा नम्बर ८ र ९ मा फैलिएको जनजागरण सामुदायिक वनमा अवैध कटानी ह्वात्तै बढेको छ । स्थानीयका अनुसार समितिका पदाधिकारीसँगको मिलेमतोमा हरेक हप्ता रूख कटान हुँदै आएका छन् ।

वनको भित्रि भागमा हरेक दिन तस्कर समूहले सालका रुख काटेर लग्ने गरेका छन्। सामुदायिक वनको दोदा आर्यघाट क्षेत्रबाट आधा दर्जन सालका रूख काटिएको देख्न सकिन्छ भने वनको भित्र पनि दर्जन बढी ठाउँमा सालका रुख काटिएका छन्।

dirghayi clinic

काठ तस्करहरूले सिङ्गो सालको रुख जरा कहानेर हो भन्ने थाहा नहुने गरी काटेर लग्ने गरेको स्थानीयको दाबी छ । वन उपभोक्ता समितिसँग मिलेमतो गरेर सामुदायिक वनबाट सालको काठ तस्करी हुने गरेको नाम उल्लेख नगर्न आग्रह गर्दै एक जना स्थानीयले बताए।यो सामुदायिक वनमा खुलेआम तस्करी हुने गरेको छ, त्यो पनि वनका पदाधिकारीको मिलेमतोमा,’ उनले भने, ’तस्करी भइरहेको हामीसँग प्रमाण छ तर गाउँलेसँग दुस्मनी हुन्छ भनेर बोल्न समस्या हुने गरेको छ।’

सामुदायिक वन नजिकै भारततर्फ दुधुवा नेशनल पार्क रहेको छ। तर, तस्करहरूले भने सामुदायिक वनबाट काठ काटेर ल्याउने, स्थानीयले प्रश्न गरे भारतको जङ्गलबाट ल्याएको बताउने र उम्किने गरेका छन्। स्थानीयले सामुदायिक वनमा पदाधिकारीको मिलेमतोमा काठ तस्करी हुने गरेको बताए पनि उपभोक्ता समितिका निवर्तमान सचिव अमर साउँद भने यो मान्न तयार छैनन् ।

चुनावको समयमा केही रूख काटिएको र त्यसको अनुसन्धान भइरहेको कुण्डा सव–डिभिजन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए ।

’त्यहाँ समुदाय र वन उपभोक्ता समितिका बिच विवाद थियो,’ उनले भने, ’त्यहीँ विवादले गर्दा समस्या भएको हो, वनमा चुनावको समयमा केही रुख काटिएका थिए, त्यसको हामीले अनुसन्धान र छानविन गरिरहेका छौँ।’

Himal dental
सम्बन्धित
Loading...