ghar sansar

भीम रावल भन्छन्– रगत पसिना बगेको पार्टीको नीति सिद्धान्त आत्मसात गरी पार्टीमा लागि रहन्छु, कसैले जबरजस्ती रोके बाटो खोज्छु

khasi

महेन्द्रनगर । नेकपा एमालेका नेता भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताएका छन् । तर, जबरजस्ती कसैले बाटो रोके आफ्नो बाटो खोज्ने बताएका हुन् ।

dirghayi clinic

पाँच दशक लामो समयदेखि पार्टी र राष्ट्रहितका लागि आवाज उठाउँदै आएको बताउँदै रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताए ।

Anant bahu travels

मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पहिलो पटक गृहजिल्ला अछाम पुगेका नेता रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको दाबी गरे ।

निर्वाचनमा उम्मेदवारका लागि अछाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र–१ बाट वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेशबाट एकल नाम सिफारिस भएपनि टिकट नपाएकोप्रति असन्तुष्टि पोख्दै नेता रावलले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिका कारण पटक पटक देशभक्त व्यक्तिहरुमाथि प्रहार हुँदै आएको छ।’ पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले सरकारले गरेका राम्रा कामको सधैँ प्रशंसा गर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...