ghar sansar

प्रधानमन्त्रीलाई महोत्सव उद्घाटनका लागि आमन्त्रण

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले आगामी १ फागुनदेखि महेन्द्रगर खुला मञ्चमा सञ्चालन गर्ने व्यापार औद्योगिक महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई निमन्त्रण दिएको छ । संघको टोलीले सोमबार प्रधानमन्त्री दाहाललाई महोत्सव उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।

dirghayi clinic

कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव राहुल भट्टले प्रधानमन्त्री प्रचण्डलाई महोत्सवको प्रमुख आतित्यको निमन्त्रण दिएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले निमन्त्रणा बुझाएका छन् ।

उनका अनुसार नियन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले सुप प्रदेशमा रहेका अधुरा योजना सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र, गेटा मेडिकल कलेज सहितका योजनाको स्थलगत अनुगमन गर्ने समेत बताएका थिए ।

प्रधानमन्त्री दाहाललाई निमन्त्रणा बुझाउन सुदूरपश्चिम प्रदेश सरकारका खगराज भट्ट, प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल), पूर्व सभासद् रेनु चन्द, वाणिज्य संघका महासचिव खगेश्वर बोहरा, कोषाध्यक्ष चेतराज जोशी लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...