कञ्चनपुरमा ह्वात्तै बढ्यो काठ तस्करी, ठूलो मात्रामा काठ सहित ८ जनालाई नियन्त्रणमा

Amity

महेन्द्रनगर । कञ्चनपुरको दुई पालिकाकाबाट ठूलो मात्रामा अवैध काठ बरामद गरिएको छ । आइतबार दिउँसो लालझाडी गाउँपालिका–४ देखतभुली र भीमदत्त नगरपालिका–३ तिलकपुरबाट अवैध काठ सहित ८ जनालाई पक्राउ गरिएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुर र लालझाडी सव–डिभिजन वन कार्यालयलगायतको टोलीले देखतभुली बस्ने मौले राना, सुबिता राना, काली राना, मोति राना, भंगी राना, विक्रम राना र कृष्णपुर नगरपालिका–४ बस्ने हरि चौधरीको घर आगनमा लुकाइछिपाई राखिएको काठ बरामद गरेको हो ।

janjyoti campus

प्रहरीका अनुसार २४५ दशमलव ७५५५ क्यूफिट अबैध सालको चिरान काठ र गोलिया बरामद गरी सातै जनालाई आवश्यक कारवाहीको लागि वाणी सव डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

यस्तै भीमदत्त नगरपालिका–३ तिलकपुरका ३८ वर्षीय सागर बिष्ट पनि अवैध काठसहित पक्राउ परेका छन् । उनले चलाएको म. १ त. ६९८ नं. को ट्याक्टरमा ५ थान (३५.५ क्यू्फिट) सिसमको गोलिया भेटिएको छ ।

ट्याक्टर, काठ, आरा र चालक बिष्टलाई नियन्त्रणमा लिएर कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीको भनाई छ ।

ghar sansar
सम्बन्धित
Loading...