ghar sansar

वादी समुदायको वेदना : त्रिपालको घर, ओढ्न न बिछ्याउनलाई लत्ताकपडा

dirghayu ad

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका बादी समुदायका वासिन्दा हिउँदे झरीमा कठ्याङ्ग्रिएर बस्न बाध्य छन् ।

हिउँदे झरी र चुहिने त्रिपालको छानो र ओढ्ने कपडा नभएको कारण उनीहरु कठ्यांग्रिदो जाडोमा परेका हुन् । बिगत लामो समय देखि बडुवाल टोलमा बस्दै आएको बादी परिवारहरु तत्कालिन नेकपा माओबादी र नेपाल सरकार बिच द्धन्द्धको त्रासमा भारत पलायन भएका थिए ।

ratnam malkhad

केही वर्ष अघि बादी घरपरिवारहरु दोधारा चाँदनीमा आफ्नो जग्गा खोज्दै फर्केका थिए । उनीहरुमध्ये केही भने अझै पनि भारतका बिभिन्न बजारमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् । बस्तीमा बसोबास गर्दै आएका रेशम बादी भन्छन्, ‘गरिबलाई हेर्ने को नै छ र ? वर्षा हिलोमा बित्छ्, हिउद कठ्यांग्रियर’ उनले थपे, ‘नगरपालिकाले गरिब तथा बिपन्नहरुलाई न्यानो कम्वल वितरण गरेको भन्ने जानकारी पाएको छु तर हामी जस्ता गरिबलाई कसैले दिदैन ।’

सरकारले पनि पहुचवालालाई मात्र सुविधा दिने गरेको बादी परिवारहरुको गुनासो छ् । केही दिन देखि पर्दै आएको वर्षाले गर्दा काम गर्न समस्या भएकाले बालबच्चालाई खुवाउने कुराको जोहो गर्न समस्या भएको बादी घरपरिवारहरुले सुनाए । वर्षा नहुदा पनि बिहान बेलुकाको छाक गुर्जान अरुकोमा काम नगरी चुलोमा आगो नबल्ने बादी परिवारमा झरी र चिसोले गर्दा थप समस्या उत्पन्न भएको छ् ।

चिसोबाट बच्न दोधारा चाँदनी नगरपालिकाले गरिब तथा बिपन्नलाई न्यानो कम्वल बितरण गरेको थियो । तर न्यानो कम्वल पाउनबाट बादी घरपरिवार बिमुख भएका छन् ।

बडुवाल टोलका बादी समुदाय दोधारा चाँदनी नगरपालिकाले न्यानो कम्वल वितरण गर्दा आफूहरुलाई विभेद गरेको बताउछन् । सिता बादीले गुनासो गर्दै भनिन्, ‘हामी जस्ता दुःखी गरीबलाई सरकारले नहेरेर हुनेखानेलाई मात्र कम्वल वितरण गरेको छ ।’

चुहिने त्रिपालको छानोमुनी बास भएकाले रातमा सुत्न पनि निकै समस्या हुने गरेको उनको गुनासो छ् । अहिले आएर उनिहरुलाई खाना संगै जाडो दिन काट्नै समस्या पर्दै आएको छ् । बादी परिवारलाई देशको बदलिदो राजनीति गर्मा गर्मी भन्दा पनि भ्वाङ परेको ओछ्याउन र झुपडपट्टीको चिन्ताले सताएको छ् । शितलहर संगै चल्ने चिसो हावाले झुपडीमा ओत लागेका बादीको परिवारलाई कपाई रहेको छ् ।

शितलहर संगै चल्ने चिसो हावाले कठ्यांग्रिएर मरिन्छ् कि, भन्ने डरले उनीहरुलाई सताएको छ् । नेपाल सरकार ‘लोपोन्मुख बादी जाती जाडोले थरथर काँपिरहदा स्थानिय सरकार, प्रदेश सरकार निरीह दर्शक बन्नुले संघियता अभ्यासको जगलाई बलियो बनाउदैन् ।

संविधानको भाग ३ मा व्यवस्था गरिएको मौलिक हक भित्रको धारा ३६ मा आधारभुत आवश्यकता सम्बन्धी हकले प्रत्येक नागरिकलाई आधाभुत आवश्यक वस्तुको अभावमा हुने जिवनको जोखिमबाट सुरक्षित गर्ने व्यवस्था गरेको छ् । त्यस्तै, धारा ४० मा दलितको हक सम्बन्धि व्यवस्थामा आवास विहीन दलितलाई कानुन बमोजिम बसोवासको व्यवस्था गर्ने भनिएको छ् ।

त्यसैगरी धारा ४२ मा सामाजिक न्यायको हक अन्तर्गत आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ् भनि उल्लेख गरिएको छ । तर नेपाल सरकारको यी मौलिक हकबाट दोधारा चाँदनी नगरपालिकाका बादी घर परिवार बञ्चित देखिएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...