ghar sansar

लिटिल बुद्धलाई इन्टरनेशनल कपको उपाधी

khasi

महेन्द्रनगर । महेन्द्रनगरस्थित खुल्ला मञ्चमा आयोजना गरिएको ७ औँ इन्टरनेशनल फुटबल कपको उपाधी लिटिल बुद्ध एकेडेमीले हात पारेको छ । मंगलबार फाइनल खेलमा रेडियण्ट माविाई ३–० ले हराउँदै लिटिल बुद्धले उपाधि जितेको हो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको लिटिल बुद्धले खेलको दोस्रो हाफमा एक पेनाल्टी सहित २ गोल ग¥यो । रेडियण्ट मावि भने गोल फर्काउने प्रयासमा लागेको थियो ।

dirghayi clinic

लिटिल बुद्ध उपाधीसंगै ५० हजार नगद र ट्रफी पाएको छ । उप–विजेता रेडियण्ट माविले २५ हजार नगद सहित ट्रफी पाएको छ ।

प्रतियोगितामा विद्यालयका टिमले भाग लिएका थिए । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यमा समापन गरिएको छ ।

आयोजक इन्टरनेशनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज बस्नेको अध्यक्षतामा गरिएको कार्यक्रममा लिटिल बुद्धका प्रिन्सिपल श्याम सिंह मौनी,इन्टरनेशन पब्लिक स्कुलका अध्यक्ष गौराज लिम्बु लगायत विभिन्न विद्यायलयका शिक्षक, विद्यार्थी लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...