ghar sansar

चरेश कारोबारमा संलग्न महिला सहित तीन जना पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । महेन्द्रनगरबाट लागु औषध चरेश सहित तीन जना पक्राउ परेका छन् । सब्जीमण्डी र कटानबाट चरेश सहित उनीहरु पक्राउ परेका हुन् ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयका अनुसार सब्जीमन्डिस्थित करन साउदको घरको कोठाबाट १ किलो ६६४ ग्राम चरेशसहित सोही ठाउ बस्ने ४२ वर्षका लोक बहादुर साउद र २४ वर्षका डम्मर शाह पक्राउ परेका हुन् ।

डिएसपी चक्र बहादुर शाहले कारोबार भैरहेको बिशेष सूचनाका आधारमा छापा मार्दा चरेश बरामद भएको जानकारी दिए। यस्तै हिजो नै भीमदत्त नगरपालिका १८ बस्ने रेखा बडु लाई पनि १६७ ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...