ghar sansar

नागरिक उन्मुक्तिका साँसद चौधरी पक्राउ विरुद्ध चर्कियो आन्दोलन

khasi

महेन्द्रनगर । नागरिक उन्मुक्ति पार्टीले आफ्ना प्रतिनिधिसभा सदस्य तथा सचेतक अरुणकुमार चौधरीलाई रिहा गर्न माग गर्दै जुलुस तथा आन्दोलन चर्काएको छ। प्रतिनिधिसभा सदस्य चौधरीलाई जेल चलान गरेपछि नागरिक उन्मुक्तिका नेता तथा कार्यकर्ताहरूले जिल्लामा आन्दोलन चर्काएका हुन् ।

dirghayi clinic

उनीहरूले पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीमा विरोध तथा राँके जुलुसहित प्रदर्शन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीले नाउपाका २०० भन्दा बढी कार्यकर्ता विरोधमा उत्रिएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

विरोधमा कार्यकर्तासहित उक्त पार्टीका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य पनि सहभागी थिए । बाँकेबाट बिहीवार पक्राउ परेका चौधरीलाई काठमाडौं हुँदै धनगढी ल्याएर शुक्रवार जिल्ला अदालतले कारागार चलान गरेको छ ।

१३ वर्षअघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो। अहिले उनीहरू कैद भुक्तान गरिरहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...