

महेन्द्रनगर । चुरे क्षेत्रको ताराकोट क्षेत्रमा विपाशना ध्यान केन्द्रका लागि संरचना निर्माण गरिएका छन् । वन कार्यालयले केही महिना अघि रोकिएको संरचना निर्माण कार्य पछिल्लो पटक एकाएक गरिएको हो ।
अहिले तारा कोट क्षेत्रमा पर्खाल निर्माण लगायतका संरचना निर्माण गरिएका छन् । ताराकोटमा पक्की संरचना निर्माण हुँदा समेत जिल्ला प्रशासन कार्यालय सहित डिभिजन वन कार्यालय, सब डिभिजन कार्यालय, चुरे संरक्षण समिति लगायतका सबै निकाय चुपचाप बसेका छन् ।

सरकारी निकायको बजेटमा चुरे क्षेत्र विनाश हुने गरी संरचना निर्माण गरिएका हुन् । ती संरचना बनाउन अध्ययन र कुनै निकायबाट अनुमति लिइएको छैन ।
तस्बिर : डिल्लीराज पन्त
