ghar sansar

काँग्रेस मुख्य सचेतक लेखक भन्छन्– रास्वपाले सरकार छाड्दा दुःखी र खुसी केही छैनौ, एमाले ज्यादा आत्तियो, विचलित भएको देखियो

khasi

महेन्द्रनगर । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले रास्वपा सरकारबाट बाहिँरिदा आफूहरुलाई दुःख र खुसी केही नभएको प्रतिक्रया दिएका छन् ।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलमा बसेका सभापति शेरबहादुर देउवालाई भेटेर बाहिरिने क्रममा उनले भने, ‘उहाँहरू बाहरिएपछि हामी खुसी–दुःखी केही छैनौँ ।’

लेखकले पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको रास्वपाले मन्त्रीहरु फिर्ता बोलाउँदा सत्ता साझेदार नेकपा एमाले विचलित देखिएको पनि टिप्पणी गरे ।

dirghayi clinic

‘अहिले एमाले सबैभन्दा बढी विचलित भएको छ,’ उनले भने, ‘एमाले किन यति धेरै अधैर्य र विचलित भएको छ मैले बुझ्न सकेको छैन। ’

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले एमाले आत्तिएको देखिएको लेखकको भनाइ थियो ।

‘हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीजीको संसदमा दिएको अभिव्यक्तिले उहाँहरु ज्यादा आत्तिएको, विचलित भएको देखिएको छ,’ उनले भने ।

सत्तारुढ दल एमालेमा देखिएको चिन्ता र अधैर्यताले सत्ता गठबन्धनभित्रको खटपट संकेत गरेको मुख्य सचेतक लेखकले बताए।

Himal dental
सम्बन्धित
Loading...