
महेन्द्रनगर । बेदकोट नगरपालिकामा तेस्रो नगर स्तरीय तथा १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बेदकोटका मेयर भोजराज बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ ख का प्रदेश सभा सदस्य बहादुर सिह थापाले प्रतियोगिता उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य थापाले रनिङ्ग शिल्ड प्रतियोगिताले खेलकूद स्वास्थ्य र राष्ट्र दुबैको महत्वपूर्ण भएको उल्लेख गर्दै खेलकुदबाटै राष्ट्रले पहिचान बनाउने बताए ।

माघ २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिका १७ विद्यालयले भाग लिएका छन् । बेदकोटका उप मेयर तुलसी जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन राकेश बहादुर चन्दले गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि, बुद्धिजीवि, शिक्षक, विद्यार्थी, स्थानीय सहभागी भएका छन् ।
बेदकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले प्रतियोगिताबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट हुने जानकारी दिए ।
