ghar sansar

बहुमतका संयोजक समस्याको मूल जड संसदीय व्यवस्था भएको दावी गर्र्दै भन्छन्–यसमा जसरी पनि सत्तामा गएर लुटपाट गर्ने बाहेक अरु केही हुँदैन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा बहुमतका केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला(कञ्चन)ले नेपालमा विद्यमान समस्याको मूल जड वर्तमान संसदीय व्यवस्था भएको बताएका छन् । उनले संसदीय व्यवस्थानमा जसरी पनि सत्तामा गएर लुटपाट गर्ने बाहेक अरु केही नहुने दावी गरे ।

dirghayi clinic

‘जति पनि समस्या विद्यमान अवस्थामा उत्पन्न भएका छन, तिनको मूल कारण संसदीय व्यवस्था हो, संसदीय व्यवस्थामा जसरी पनि सत्तामा जाने कमाउने र लुटपाट गर्ने बाहेक केही हुँदैन’ महेन्द्रनगरमा बहुमतले गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘मुलुकमा उत्पन्न सबै प्रकारको अस्थिरताको मुल कारण संसदीय व्यवस्था हो, ‘उनले भने, ,‘यो देश बनाउने भए दलाल संसदीय पुँजिवादी व्यवस्था अन्त्य गर्नु पर्छ ।’

,orning glory badhai

देशको राजनीति, आर्थिक, समाजिक एव साँस्कृति अवस्थामा उत्पन्न समस्याको मुल जड संसदीय व्यवस्था भएकाले यसबाट मुक्त हुनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएको बताए । वैज्ञानिक समाजवादी व्यवस्थाको नेतृत्व नेकपाले लिईरहेकोले त्यसमा साथ दिन आब्हान गरेका छन ।

‘अहिलेको विद्यमान समस्या हटाउन वैज्ञानिक समाजवादले मात्रै सम्बृद्धिको लिकमा डो¥याउँछ, ‘उनले भने, ‘यो सत्ता सरकार विघटन गरेर वैज्ञानिक समाजवादको नीति अघि सानु पर्छ ।’

Himal dental
सम्बन्धित
Loading...