ghar sansar

एमाले अखिलको केन्द्रीय उपाध्यक्षमा ऐरीको उम्मेदवारी घोषणा

महेन्द्रनगर । एमाले सम्बद्ध अनेरास्ववियुका केन्द्रिय कमिटी स्थायी सदस्य तथा सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज गणेश सिह ऐरीले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अखिलको फागुन २ देखि  ४ गतेसम्म काठमाडौमा हुने २३ महाधिवेशनमा ऐरीले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

अखिलको २२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित ऐरी दुई वर्ष अघि सचिवालय सदस्य हुँदै स्थायी कमिटी सदस्य भएका हुन् । आधारभूत तह अध्ययनको क्रममा अखिल राजनीतिमा होमिएका ऐरीले केन्द्रीय कमिटी सदस्य हुँदासम्म अखिलका विभिन्न जिम्मेवारी वहन गरि सकेका छन् । उनी अखिल कञ्चनपुुरका पूर्व अध्यक्ष पनि हुन् ।

lotus institite

कृष्णपुर नगरपालिकाका बंकस्थित उदयदेब माविमा कक्षा ८ पढ्दा २०५८ मा अखिलको सदस्यता लिएर विद्यार्थी राजनीतिमा लागेका उनले अखिलमा इमान्दार र स्वच्छ छवि भएको नेताको पहिचान बनाएका छन् । विद्यार्थी राजनीतिसंगै ऐरीले पार्टीका जिम्मेवारी पनि वहन गरेका छन् ।

२०६८ देखि तीन वर्षे अखिलको जिल्ला अध्यक्ष भएका उनी १९ औं महाधिवेशनदेखि लगातार महाविधेशन प्रतिवेदन भएर सहभागी भएका छन् । २१ औं महाविधेशनमा उनी केन्द्रीय सदस्यको उम्मेदवार भएका थिए ।

daimond public

बंकको उदय माविमा सदस्यता प्राप्त गरेपछि प्रारम्भिक कमिटी सचिव हुँदै जिम्मेवारी पाएका उनले २०५९÷२०६० मा प्रारम्भिक कमिटी अध्यक्ष भएका थिए ।

महेन्द्रनगरस्थित बाल जागृति कलेजमा २०६१ देखि २०६३ सम्म प्रारम्भिक कमिटी कोषाध्यक्ष भएका उनी २०६३ असारमा अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य भएका थिए । सम्मेलनबाट जिल्ला कमिटी सदस्य निर्वाचित भएर सचिवालय सदस्य भएका उनी २०६५ मा जिल्ला कमिटी सह–सचिव भएका थिए ।

२०६६ मंसिर– माघ अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी सचिव भएका उनी त्यसपछि २०६७ सम्म जिल्ला कमिटी सदस्य र २०६८ मा अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी उप संयोजक भएका उनी त्यसपछि जिल्ला अध्यक्ष भएका थिए । उनले अनेरास्ववियु महाकाली अञ्चल कमिटी सचिव भएर पनि जिम्मेवारी वहन गरि सकेका छन् ।

अखिलको प्रथम र दोस्रो विधान महाधिवेशनमा प्रतिनिधिका रुपमा ऐरी सहभागी भएका छन् । उनले विधान अधिवेशनमा छलफलका निष्कर्ष बारेमा धारणा प्रस्तुत गरेका थिए ।

ऐरीले विद्यार्थी संगै पार्टीगत जिम्मेवारी पनि वहन गरेका छन् । एमालेमा उनले पार्टी विद्यार्थी फ्रयाक्सन, निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय कमिटी, जिल्ला प्रचार विभाग, निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय कमिटी, नगर संगठन कमिटी, जिल्ला संगठन विभाग लगायतका जिम्मेवारी वहन गरि सकेका छन् ।
ऐरीले केन्द्रीय उपाध्यक्षमा घोषणासंगै शैक्षिक सुधार, राष्ट्रियता र जनजीविकाका मुद्दा अघि सारेका छन् ।

‘विद्यार्थीको साझा समस्या समाधान, शैक्षिक मुद्दाको उठान, राष्ट्र राष्ट्रियताको विषयमा होस या जनजिविकाको सवालमा सडक आन्दोलन तथा मुलुकमा भएका राजनीतिक परिवर्तनका आन्दोलन र देशका हरेक चासोको विषयमा नेतृत्वदायी भुमिकामा रहँदै आएको छ’ उनले भने, ‘आगामी दिनमा पनि हरेक खालको विकृति विसङ्गतिको अन्त्य अन्त्य गर्दै सभ्य र सु–संस्कृत समाज निर्माणसङ्गै निःशुल्क र व्यवहारिक गुणस्तरीय शिक्षाका लागि फाल्गुन २ देखि सुरु हुने अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा मेरो पदाधिकारीमा उम्मेदवारी रहने हँुदा सबैको सहयोगको अपेक्षा राखेको छु ।’

Himal dental
सम्बन्धित
Loading...