ghar sansar

कबर्ड हलमा भीमदत्त नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, ४१ विद्यालय सहभागी

khasi

महेन्द्रनगर । कबर्ड हलमा भीमदत्त नगरापालिका स्तरीय १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद रमेश लेखकले प्रतियोगिता उद्घाटन गरेका छन् ।

dirghayi clinic

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको अध्यक्षतामा गरिएका कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती, जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, भीमदत्त नगरपालिका उप मेयर निलम लेखक जोशी लगायतका सहभागी भएका छन् ।

Anant bahu travels

भीमदत्त नगरका मेयर पदम बोगटीले नगर स्तरिय प्रतियोगिताबाट छनौट भई जिल्ला, प्रदेश र संघसम्म प्रतिस्पधा गर्ने गरी तयारी गर्न आब्हान गरे ।

भीमदत्त नगरपालिका शिक्षा तथा युवा शाखा प्रमुख हरिदत्त जोशीले छनौट प्रतियोगितामा नगर क्षेत्रका निजी तथा सामुदायिक गरेर ४१ विद्यालय सहभागी भएको बताए । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने उनले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...