प्रधानमन्त्रीको कार्यक्रम स्थलबाट बहुमत र क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता पक्राउ

Amity

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यक्रमस्थल नजिकबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । महेन्द्रनगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीका १३ जना नेता कार्यकर्तालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेकपा बहुमतका केन्द्रीय सल्लाहकार सदस्य डम्बर बहादुर बिष्टसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल, डम्बर बिष्ट, बहादुर महरा, विद्यार्थी उपाध्यक्ष विरेन्द्र शाह, संयोजक नक्साल, दिपेन्द्र ऐरी, सुरेन्द्र धानुक, बिरेन्द्र नाथ र रमेश नाथलाई प्रहरीले समातेको हो ।

janjyoti campus

पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका प्रमोद सुवेदी, हरि सुवेदी र पुष्कर जोशी पनि रहेका छन् । बसपार्क नजिक जनयुद्ध दिवसको कार्यक्रम मनाइरहँदा प्रहरीले आफूहरुलाई नियन्त्रणमा लिएको नेकपा बहुमतका जिल्ला सचिवालय सदस्य दिपेन्द्र ऐरीले बताए ।

‘कार्यक्रम सकेर अबिर लगाइरहेका थियौँ, प्रहरीले धरपकड गरेको छ,’ उनले भने। प्रधानमन्त्री दाहाल बसपार्कको बाटो भएर दोधारा चाँदनी सुख्खा बन्दरगाहको निरीक्षणका लागि गएका छन् । प्रहरीले समातेपछि उनीहरुले ‘वीर सहिदहरु लाल सलाम, प्रहरी हस्तक्षेप बन्द गर’ भन्दै नारा लगाएका थिए ।

ghar sansar
सम्बन्धित
Loading...